समाज

धरानका युवा अरमान अली सम्मानित

धरानका युवा अरमान अली सम्मानित भएका छन् । उनलाई लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सीले सम्मान गरेको हो ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सीको जिल्ला स्तरीय कार्यक्रममा अलीलाई सामाजिक सेवामार्फत पुर्‍याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको हो । उनले महामारीबाट प्रभावित विपन्न तथा असहाय परिवारलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री उपलब्ध गराउनुका साथै धरानका सडकमा आश्रित मानव र सडकमा रहेका कुकुर जनावरलाई नियमित रूपमा खाना तथा आवश्यक स्याहार तथा उपचार उपलब्ध गराउँदै आएका छन् ।

सम्मान ग्रहणपछि अलीले आफूले निस्वार्थ भावनाले गर्दै आएको सामाजिक कार्यलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सामाजिक संस्थाले मूल्यांकन गरी सम्मान गरेकोमा खुसी व्यक्त गरे । अलीका अनुसार समाजमा सकारात्मक परिवर्तन ल्याउन युवाको सक्रिय सहभागिता हुनुपर्ने भएपनि सामाजिक सेवामा समर्पित धेरै युवाहरू रोजगारी र अवसरको अभावमा विदेशिन बाध्य हुनु परेको प्रति दुःख प्रकट गरे ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले