धरान विशेष

धरान उपमहानगरपालिकाको कडा चेतावनी :सडकमा निर्माण सामग्री राखे ७ दिनभित्र हटाउनू, नत्र कारबाही


धरान : सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्री थुपारेर आवागमनमा अवरोध गर्ने घरधनी तथा निर्माण व्यवसायीलाई धरान उपमहानगरपालिकाले ७ दिनभित्र सामग्री हटाउन कडा अल्टिमेटम दिएको छ।
शुक्रबार उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राईले सूचना जारी गर्दै सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सडक तथा सार्वजनिक स्थानमा राखिएका सम्पूर्ण निर्माण सामग्री आफैं हटाई क्षेत्र खाली गर्न सम्बन्धित घरधनी,निर्माण व्यवसायी तथा सरोकारवालालाई निर्देशन दिएका हुन्।
उपमहानगरपालिकाका अनुसार सडक, सडक किनारा तथा सार्वजनिक आवागमन क्षेत्रमा इँटा, बालुवा, गिटी, ढुंगा, माटो, सिमेन्टलगायतका निर्माण सामग्री जथाभावी राख्दा सर्वसाधारणको आवागमनमा बाधा पुग्नुका साथै सडक सुरक्षामा समेत असर परेको छ।
तोकिएको अवधिभित्र निर्माण सामग्री नहटाए प्रचलित कानुन तथा उपमहानगरपालिकाको नियमअनुसार आवश्यक कारबाही गरिने चेतावनी उपमहानगरपालिकाले दिएको छ।
उपमहानगरपालिकाले आगामी दिनमा सडक, सडक किनारा, नाला तथा अन्य सार्वजनिक स्थानमा आवागमनमा अवरोध हुने गरी निर्माण सामग्री नराख्नसमेत सम्बन्धित सबैलाई सचेत गराएको छ।
सार्वजनिक सडक तथा स्थानलाई निर्माण सामग्री थुपार्ने स्थलका रूपमा प्रयोग नगर्न र सडक तथा सार्वजनिक आवागमनमा अवरोध हुने कुनै पनि गतिविधि नगर्न उपमहानगरपालिकाले आग्रह गरेको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।