खेलकुद

मेजर श्रवणकुमार लिम्बू स्मृति डिपो बास्केटबल रनिङ कपको उपाधि प्रभातलाई


धरान: डिपो माध्यमिक विद्यायलयले आयोजना गरेको पाँचौं अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्बू स्मृति बास्केटबल रनिङ कपको उपाधि प्रभात सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुल धरानले जितेको छ । प्रभातले इटहरीका पाराडाइज बोर्डिङ स्कुललाई ३८–३० अङ्कले पराजित गरे संगै उपबिजेता बने ।

प्रतियोगिताको चार क्वाटर खेलमा प्रभातले ५–४, १०–११, ७–३, १६–१२ अङ्कले पाराडाइजलाई पराजित गरेको थियो । उपाधिसहित प्रभातले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पर्यो भने उपविजेता पाराडाइजले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । खेलमा म्यान अफ द म्याच प्रभातका नेमसाङ मगर घोषित भए ।

समग्र खेलको आधारमा उदयमान खेलाडी पाराडाइजका सक्षम तामाङ, महत्वपूर्ण खेलाडी प्रभातका शुसान्त उराव र बढी अङ्क ल्याउने हिमालयन मेघा एकाडेमी धरानका सङ्गम ठाकुर घोषित भएका थिए ।

कक्षा १० सम्मका विद्यार्थीलाई लक्षित गरिएको यो प्रतियोगितामा मोरङ, सुनसरी र झापाकागरि १६ विद्यालयलले भाग लिएको थियो । यो प्रतियोगिता विद्यालयका पूर्व अध्यक्ष तथा डिपोट सार्वजनिक शैक्षिक गुठीका संस्थापक अध्यक्ष स्वर्गीय मेजर श्रवण कुमार लिम्बुको स्मृतिमा आयोजना गर्न लागिएको हो । । संस्थापक अध्यक्ष लिम्बूले विद्यालयको नेतृत्व गरिरहेकै बेला कोरोना महामारीमा २०७८ साल साउन १५ गते ज्यान गुमाएका थिए ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक