शिक्षा

धरानको संस्थागत विद्यालय नियमनमा पाँचबुँदे निर्णय, शिक्षा नियमावली पुनर्लेखनदेखि शुल्क विवाद कार्यान्वयनसम्म


धरान: धरान उपमहानगरपालिकाको नगर शिक्षा समितिले संस्थागत विद्यालयलाई नियमन गर्ने विषयमा पाँचबुँदे निर्णय गरेको छ।
सोमबार शिक्षा सुधारको माग गर्दै आएको नेचर क्लबसँग भएको वार्तापछि कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघा र संघर्ष समितिका संयोजक अजय राईबीच उक्त सहमति भएको हो।
सहमतिअनुसार, शिक्षा नियमावलीको १० औँ संशोधन राजपत्रमा प्रकाशित भएपछि तयार गरिएको धरान शिक्षा नियमावलीको मस्यौदालाई पुनर्लेखन गरी यथाशीघ्र नगर शिक्षा समितिमार्फत कार्यपालिकामा पेश गरिनेछ।
यस्तै, आगामी नगर शिक्षा समितिको बैठकबाट संस्थागत विद्यालय वर्गीकरण समिति गठन गरी निजी विद्यालयहरूको वर्गीकरण प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ।
शिक्षा महाशाखाले तयार पारेको छात्रवृत्ति वितरण कार्यविधिलाई विधान समितिमा पेश गर्ने तथा शुल्कसम्बन्धी गुनासो परेका चार संस्थागत विद्यालयका हकमा २०८३ वैशाख २३ गते नगर शिक्षा समितिले गरेको निर्णय अक्षरशः कार्यान्वयन गर्ने सहमति पनि भएको छ।
त्यसैगरी, नगर शिक्षा समिति र विद्यालय अनुगमन समितिबाट भइरहेको विद्यालय अनुगमनलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ। अनुगमन समितिमा संघर्ष समितिको तर्फबाट एक जना आमन्त्रित सदस्य सहभागी गराइने भए पनि उक्त सदस्यको भूमिका निर्णयक नहुने स्पष्ट गरिएको छ।
कार्यवाहक प्रमुख बेघाले वार्ताका क्रममा भएका निर्णयहरू कार्यपालिकामा लैजानुपर्ने र अन्तिम निर्णय कार्यपालिकाबाट नै हुने बताए ।
वार्तामा प्रमुख प्रशासकीय अधिकृत तीर्थराज राई, शिक्षा महाशाखा प्रमुख ध्रुव खड्का तथा संघर्ष समितिका सदस्यहरूको सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई