खेलकुद

मेयर कप स्कुल ओलम्पिकः तेक्वान्दोमा नेपाल प्रहरी स्कुल र सैनिक स्कुलको दबदबा


धरान: धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत तेक्वान्दो प्रतियोगितामा महिला र पुरुष दुवै विधामा प्रहरी स्कुल र सैनिक आवासीय महाविद्यालयका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै अधिकांश स्वर्ण पदक जितेका छन्।
शुक्रबार भएको फाईनल खेलमा महिला विधा २८ केजी तर्फ नेपाल प्रहरीका अनुष्का लिम्बु प्रथम ,सैनिक आवसीयका श्वोनी अग्रवाल दोस्रो, होलील्याडकी प्रसुती काफ्ले र बिष्णुकी सुदिती घिमिरे तेस्रो भईन ।
तैस्तै ३० केजी तर्फ सैनिककी शाहना राई प्रथम, प्रहरी स्कुलकी सुमेन्छया राई दोस्रो, राईजिङ स्कुलकी रश्मी तामाङ र बालिका स्कुलकी समिक्षा गुरुङ तेस्रो भईन ।
३२ केजी तर्फ सुनगाभाकी नाम्बुहाङ राई प्रथम, राईजिङ स्कुलकी पूर्णिमा सुनाम दोस्रो, प्रहरीकी इसानी बस्नेत र देउराली चिल्ड्रेनकी देशा लिम्बु तेस्रो भईन ।
३५ केजी तर्फ प्रहरी स्कुलकी खुसी गुरुङ प्रथम, सैनिककी निलुका राणा दोस्रो, धरान लिगामेन्टकी रक्षा श्रेष्ठ र धरान आदर्शकी निहारिका लम्साल तेस्रो भईन ।
३६ केजी तर्फ पब्लिक स्कुलकी सृष्टिका परियार प्रथम, लिवर्टीकी सिम्रन रोक्का दोस्रो, सैनिककी इला राई र सरस्वतीकी सृष्टि लिम्बु तेस्रो भईन ।
४३ केजी तर्फ डिपोट स्कुलकी प्रियंशा थाम्सुहाङ प्रथम, राईजिङकी वर्षा शाह दोस्रो, सुनगाभाकी अक्षया खड्का र सैनिककी लुजाम जिमी तेस्रो भईन ।
४५ केजी तर्फ जोलसायाकी प्रिति राई प्रथम,सरस्वतीकी कृष्टीना झा दोस्रो, सैनिककी रेनिसा राई र बिष्णुकी अनमोला लिम्बु तेस्रो भईन ।
४६ केजी तर्फ प्रहरीकी सदिक्षा राई प्रथम, बिष्णुकी आजुमी राई दोस्रो,
शिक्षा सन्देशकी अस्मिता राई र राईजिङकी अस्ती लिम्बु तेस्रो भईन ।
पुरुष विधा ४२ केजी तर्फ बुद्ध आदर्शकी बिसु राई प्रथम, सुनगाभाकी इयोनहाङ राई, दोस्रो, जोम्सकी जोन राई र बिष्णुकी विष्णु भुजेल लिम्बु भए ।


४५ केजी तर्फ सैनिकका दिप्सन श्रेष्ठ प्रथम, होलील्याण्डका बिबेक लिम्बु दोस्रो, जुनियर पाईनियरका सौगात भुजेल र देउराली चिल्ड्रेनका एलन राई भए ।
४८ केजी तर्फ सैनिकका प्रिन्स हाङ लिम्बु प्रथम, प्रहरीका निमेश तामाङ दोस्रो ,बिष्णुका एरिक मगर र होलील्याण्डका निश्चल राई तेस्रो भए ।
५१ केजी तर्फ लोटसका सन्जोग राई प्रथम, आर्दशका सिमोन राई दोस्रो, केके ईन्टरनेशनलका रेमन्त राई र सरस्वतीका कृष्ण विक तेस्रो भए । तेक्वान्दोमा धरानका २३ वटा स्कुलका खेलाडीबीच कडा प्रतिस्पर्धा देखिएको आयोजकले जनाएको छ।
धरानमा जारी तेस्रो मेयर कप स्कुल ओलम्पिक अन्तर्गत अधिकांश खेलका प्रतिस्पर्धा सम्पन्न भएका छन्। प्रतियोगिताको समापन शनिबार हुने आयोजकले जनाएको छ।
समापनमा सुनाखरी एकेडेमी र नेपाल पुलिस स्कुलका बिच फुटबल प्रतियोगिताको प्रतिस्पर्धा हुनेछ। उक्त खेलसँगै तेस्रो मेयर कप स्कुल ओलम्पिकको औपचारिक समापन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक