Uncategorized

आसारा सुधार केन्द्रद्वारा पब्लिक फुस्रेमा लागुपदार्थ विरुद्ध सचेतना, ६७ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

धरान: अन्तर्राष्ट्रिय लागुपदार्थ दुव्र्यसनी तथा अवैध तस्करी विरुद्ध दिवसको अवसरमा आसारा सुधार केन्द्र, धरानको आयोजनामा धरान–१३ स्थित पब्लिक फुस्रे विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
‘लागुपदार्थलाई होइन, उज्ज्वल भविष्यलाई रोजौँ’ भन्ने नारासहित शुक्रबार आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्म अध्ययनरत ६७ जना विद्यार्थीलाई विद्यालय ब्याग तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो।
त्यसैगरी, कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई लागुपदार्थ दुव्र्यसनका असर, त्यसबाट बच्ने उपाय तथा स्वस्थ जीवनशैली अपनाउने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नविना खत्री कार्कीले विद्यार्थीहरूलाई लागुपदार्थ दुव्र्यसनबाट टाढा रहँदै अनुशासित र सकारात्मक जीवनशैली अपनाउन आग्रह गरेकी थिइन्।
कार्यक्रममा प्रशिक्षक सम्राट नरसिंह प्रधानले लागुपदार्थ दुव्र्यसनले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउँदै किशोर–किशोरीलाई गलत संगतबाट टाढा रही सचेत र जिम्मेवार जीवन बिताउन प्रेरित गरेका थिए। उनले स्वस्थ जीवनशैली, सकारात्मक सोच र सही संगतले लागुपदार्थ दुव्र्यसनबाट जोगिन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
बालबालिकामा सकारात्मक सोचको विकास, लागुपदार्थ दुव्र्यसनप्रति सचेतना अभिवृद्धि तथा उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालय परिवार, शिक्षक तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा