खेलकुद

स्कुल ओलम्पिक मिनी म्याराथुनमा ७ सय विद्यार्थीको सहभागीता


धरान: स्कुल ओलम्पिकको पूर्व सन्धायमा शुक्रबार आयोजित मिनी म्याराथुन प्रतियोगितामा छात्रतर्फ ओसिस स्कुलका हेमन राई र छात्रातर्फ बालिका स्कुलकी सन्ध्या राई प्रथम भएका छन्।
छात्रतर्फ ओसिस स्कुलकै मौसम विक दोस्रो तथा देराली चिल्ड्रेनका शुसान कालिकोटे तेस्रो भए। त्यसैगरी छात्रातर्फ जोलसया स्कुलकी अमिकक्षा राई दोस्रो र डीपी विल्बर्सकी सायाहाङ राई तेस्रो भएकी छन्।
प्रतियोगितामा धरानका सामुदायिक तथा संस्थागत गरी १४ वटा विद्यालयका ७ सय विद्यार्थीहरूको सहभागिता रहेको थियो।

मिनी म्याराथुन धरान उपमहानगरपालिकाको परिसरबाट सुरु भई धरान–१६ स्थित रङ्गशालामा पुगेर सम्पन्न भएको थियो। प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्र विक्रम बेघाले गरेका थिए।
स्कुल ओलम्पिक अन्तर्गत आयोजना गरिएको प्रतियोगिताले विद्यार्थीहरूमा खेलप्रतिको रुचि, स्वस्थ प्रतिस्पर्धा र शारीरिक तन्दुरुस्तीको भावना अभिवृद्धि गर्ने अपेक्षा रहेको धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले बताए।
स्कुल ओलम्पिक भोली असार १३ गते देखि असार २० गते सम्म सञ्चालन हुने भएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक