खेलकुद

धरान खुल्ला तथा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा १ लाख ५९ हजार बचत, १०७ टिमको सहभागिता


धरान: दोस्रो ‘धरान खुल्ला तथा राष्ट्रिय र्‍याङ्किङ ब्याडमिन्टन प्रतियोगिता–२०८३’ले १ लाख ५९ हजार ९ सय ७० रुपैयाँ बचत भएको पत्रकार सम्मेलन मार्फत आईतबार सार्वजानिक गरेको छ। धरान ब्याडमिन्टन क्लबको आयोजनामा प्रतियोगितामा भएको थियो ।
आर्थिक तथा प्राविधिक प्रतिवेदन सार्वजनिक गर्दै प्रतियोगिताले धरानलाई राष्ट्रिय ब्याडमिन्टनको महत्वपूर्ण केन्द्रका रूपमा थप स्थापित गरेको क्लव अध्यक्ष टंक बहादुर लिम्बुले बताए।

प्रतियोगितामा स्थानीयस्तर र खुल्ला विधाको सहभागी दर्ता शुल्क, विभिन्न संघ–संस्था, पालिका तथा वडाबाट प्राप्त आर्थिक सहयोग, प्रायोजक तथा व्यापारिक प्रतिष्ठानको सहयोगबाट प्रतियोगिताले कुल १७ लाख ४० हजार ९ सय रुपैयाँ आम्दानी गरेको थियो।
क्लबका आर्थिक संयोजक खगेन्द्रकुमार मेन्याङ्बोले प्रतियोगिता १५ लाख ८० हजार ९ सय ३० रुपैयाँ खर्च भएको बताए प्रतियोगितामा मात्रै ७ लाख ९१ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो।
सम्पूर्ण आय–व्ययपछि क्लबको नगद मौज्दात १ लाख ५९ हजार ९ सय ७० रुपैयाँ रहेको छ।
धरान ब्याडमिन्टन क्लबको आयोजनामा २०८३ वैशाख १८ देखि २० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा नेपालका विभिन्न जिल्लासँगै भारतको नागाल्याण्ड र विहारबाट समेत खेलाडीको सहभागिता रहेको क्लबका अध्यक्ष टंकबहादुर लिम्बूले जानकारी दिए। विभिन्न विधामा गरी १०७ टिमका २१४ खेलाडीबीच प्रतिस्पर्धा भएको थियो।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगिताले धरानको ब्याडमिन्टन कोर्टलाई खेलप्रेमीको आकर्षणको केन्द्र बनाएको आयोजकको दाबी छ। प्रतियोगिताको उद्घाटन धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर आइन्द्रविक्रम बेघाले गरेका थिए भने समापन समारोह पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
प्रतियोगिताको पुरुष डबल्स खुल्लातर्फ देवराज रानामगर र क्षितिज खनाल विजेता बने। पुरुष भेट्रान १०० प्लसतर्फ सुदीप योन्जन र इन्द्र मेहता, पुरुष सिंगल्सतर्फ विधान अधिकारी, मिक्स डबल्सतर्फ सुनिलजंग कार्की र निसमहाङ सुब्बा, महिला डबल्सतर्फ रसिला महर्जन र अमिता गिरी तथा महिला सिंगल्सतर्फ रसिला महर्जनले उपाधि जितेका छन्।
खेल संयोजक तेज मेन्याङवोले प्रतियोगिताको सफल आयोजनाले धरानलाई राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न थप ऊर्जा मिलेको बताउँदै आगामी संस्करणलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रतिबद्धता व्यक्त गरे।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक