आर्थिक

सीमाभन्दा माथिका कारोबार, शंकास्पद कारोबार र गतिविधि प्रतिवेदनबारे सुनसरीका सहकारीकर्मीलाई तालिम


धरान: सहकारी क्षेत्रमा वित्तीय पारदर्शिता र सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले सम्पत्ति शुद्धीकरण (एएमएल) तथा जिओएमएल प्रणाली सम्बन्धी तालिम आयोजना गरिएको थियो।
मंगलबार स्थानीय तहस्तरमा आयोजित तालिम अन्तर्गत धरानमा धरान नगर सहकारी समन्वय समिति र जिल्ला सहकारी संघ लिमिटेड सुनसरीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।
सहकारी संस्थाहरूलाई सीमाभन्दा माथिका कारोबार प्रतिवेदन (टिटिआर), शंकास्पद कारोबार प्रतिवेदन (एसटिआर) तथा शंकास्पद गतिविधि प्रतिवेदन (एसएआर) सम्बन्धी जानकारी गराउने उद्देश्यले सुनसरीका १२ वटै स्थानीय तहमा एकसाथ तालिम सञ्चालन गरिएको जिल्ला सहकारी संघ लिमिटेड सुनसरीका अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए ।
धरान–९ स्थित नेपाल रेडक्रस सोसाइटी सुनसरीको सभाहलमा आयोजित तालिममा धरानका ५५ वटा सहकारी संस्थाका ११० जना प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीलाई सम्पत्ति शुद्धीकरण निवारण, प्रणालीमा दर्ता प्रक्रिया तथा टिटिआर, एसटिआर र एसएआर सम्बन्धी प्रतिवेदन तयार गर्ने र पेश गर्ने विधिबारे सहजीकरण गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघाले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र कानुनसम्मत बनाउन यस्ता तालिम प्रभावकारी हुने बताए। उनले वित्तीय अनुशासन कायम राख्दै सहकारी संस्थाले नियामकीय व्यवस्था पालना गर्नुपर्नेमा जोड दिए।
धरान उपमहानगरपालिकाको विशेष सहयोगमा आयोजित तालिमले सहकारी संस्थाहरूलाई कानुनी दायित्वबारे सचेत गराउनुका साथै वित्तीय पारदर्शिता र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।
जिल्ला सहकारी संघले सुनसरीका १२ वटै स्थानीय तहका सहकारी संस्थाका पदाधिकारी तथा कर्मचारीलाई तालिममा सहभागी भई लाभ लिन आग्रह गरेको थियो। तालिममार्फत सहकारी क्षेत्रको क्षमता अभिवृद्धि, सुशासन प्रवर्द्धन तथा सहकारी सञ्चालनसम्बन्धी ज्ञान र सीप विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको