खेलकुद

पूर्वेली भेट्रान सेमिफाइनल प्रवेश


धरान: धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता’अन्तर्गत चौथो क्वाटरफाइनल खेलमा पूर्वेली भेट्रान फुटबल क्लब विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको छ ।
सोमबार धरान १६ स्थित रगंशालामा जारी खेलमा पूर्वेली भेट्रानले हाम्रो इटहरी भेट्रानलाई १–० गोलअन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा पूर्वेली भेट्रानका प्रविन विश्वकर्माले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा पूर्वेली भेट्रान विजयी बनेको हो ।
खेलको म्यान अफ द म्याच पूर्वेली भेट्रानका भुपेन लिम्बू घोषित भए ।उनले नगद २ हजार प्राप्त गरे ।
भोली हुने पहिलो सेमिफाइनल खेलमा विराट भेट्रान मोरङ र आयोजक हाम्रो धरान भेट्रान्स सुनसरीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक