खेलकुद

हाम्रो भेट्रान फाईनलमा पुग्न सफल, विराट भेट्रान स्तब्ध


धरान: धरानमा जारी चौथो ‘हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता’ अन्तर्गत सोमबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक हाम्रो भेट्रान धरान विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।
धरान–१६ स्थित रंगशालामा सम्पन्न खेलमा आयोजक हाम्रो भेट्रानले विराट भेट्रानलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको पहिलो हाफमा विराट भेट्रानका प्रकाश थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।प्रतिस्पर्धात्मक बनेको खेलको दोस्रो हाफमा भने आयोजक टोलीले उत्कृष्ट पुनरागमन गर्‍यो । हाम्रो भेट्रानका जीवन लिम्बु र पदम राईले समान १–१ गोल गर्दै टोलीलाई फाइनल यात्रा तय गराए ।
त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा आयोजक हाम्रो भेट्रान विजयी बन्न सफल भयो ।
खेलको म्यान अफ द म्याच आयोजक टोलीका पदम राई घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।
भोलि हुने दोस्रो सेमिफाइनल खेलमा धरान भेट्रान र पूर्वेली भेट्रान झापाबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक