शिक्षा

लोकतन्त्रको अभ्यास गर्दै विद्यार्थीले गरे शिक्षा नीतिमाथि बहस


धरान: धरानका विद्यार्थीहरूले मंगलबार लोकतन्त्रको अभ्यास गर्दै शिक्षा नीतिमाथि बहस गरेका छन्।
धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयको सभाहल केही घण्टाका लागि संसद् जस्तै बनेको थियो,जहाँ विद्यार्थीहरूले शिक्षा नीति, युवा अवसर र सामाजिक विषयमा तार्किक प्रस्तुति दिएका थिए।
धरान उपमहानगरव्यापी ‘एसईई स्पिकर–२०८३, सिजन–६’ अन्तर्गत आयोजित नमुना संसद् सहभागी विद्यार्थीहरूले सभामुख, प्रधानमन्त्री,मन्त्री र सांसदको भूमिकामा रहेर बहस गरेका थिए।
कार्यक्रममा “विद्यालय शिक्षा विधेयक–२०८३” समेत बहुमतले पारित गरिएको थियो।
प्रतियोगितामा पब्लिक हाईस्कुलबाट एसईई उत्तीर्ण तमन्ना बान्तवा राई विजेता बनिन्। सरस्वती माविकी प्रीन्जा विश्वकर्मा फस्ट रनरअप, डीपी बिलिभर्स इङ्लिस स्कुलकी खुशी लिम्बू सेकेन्ड रनरअप तथा जेम सेकेन्डरी बोर्डिङकी पूजा बान्तवा राई थर्ड रनरअप घोषित भइन्।
यस वर्ष प्रतियोगितालाई परम्परागत भाषण प्रतियोगिताभन्दा फरक बनाउँदै दुई चरणमा सञ्चालन गरिएको आयोजक र्‍याडिकल लाईट नेपाल प्रालिले जनाएको छ। पहिलो चरणमा सहभागीहरूले “सामाजिक सञ्जाल स् अवसर कि चुनौती रु”, “युवा र राष्ट्रप्रेम”,“देश विकासका लागि शिक्षा कि सीप रु” लगायत विषयमा धारणा राखेका थिए।
दोस्रो चरणको नमुना संसद्मा शिक्षा मन्त्रीको भूमिकामा रहेकी प्रीन्जा विश्वकर्माले “विद्यालय शिक्षा विधेयक–२०८३” संसद्मा पेश गरेकी थिइन् भने सभामुखको भूमिकामा रहेकी तमन्ना बान्तवा राईले संसद् सञ्चालन गरेकी थिइन्। प्रधानमन्त्रीको भूमिकामा रहेकी खुशी लिम्बूले विशेष सम्बोधन गरेकी थिइन्।
छलफलका क्रममा सांसद पूजा बान्तवा राईले समय कम दिइएको भन्दै नियमापत्ति जनाएपछि सभामुखले थप एक मिनेट समय उपलब्ध गराएकी थिइन्। उक्त दृश्यले कार्यक्रमलाई वास्तविक संसद्को अनुभूति दिलाएको दर्शकहरूले बताएका थिए।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले यस्ता कार्यक्रमले युवाहरूलाई लोकतन्त्र, बहस संस्कार र नेतृत्वबारे व्यवहारिक अनुभव दिने बताए।
विशेष अतिथि तथा सहिद स्मृति माविका प्रधानाध्यापक राम विष्टले विद्यार्थीहरूले प्रस्तुत गरेका तर्क परिपक्व र प्रभावशाली रहेको प्रतिक्रिया दिए।
प्रतियोगितामा विजेताले नगद १० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई