
धरान: नेपाल यातायात व्यवसायी कोशी प्रदेश समिति संयोजकमा पुनः सरोज श्रेष्ठ चयन भएका छन् ।
बुधबार धरान–१५ स्थित धरान किचनमा सम्पन्न सातौँ अधिवेशनबाट श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
समितिको सह–संयोजकमा टेक प्रसाद खनाल,सचिवमा नेत्र बहादुर थापा र कोषाध्यक्षमा हरि थापा चयन भएका छन् ।
त्यस्तै, खुल्ला सदस्यहरूमा कृष्ण बहादुर कार्की, दुर्गाराम अर्याल, दिनेश निरौला, गोपाल बराल, कुशाल राज दाहाल, रुद्र बहादुर बराल, भरत खतिवडा र ओम भक्त मेनाली चयन भएका छन् ।
वरिष्ठ सदस्यहरूमा मिलन विश्वकर्मा, हिमाल पाण्डे, बिष्णु प्रसाद दुलाल, इन्द्र बहादुर बस्नेत रहेका छन् भने महिला सदस्यतर्फ मन्दिरा चौधरी चयन भएकी छन् ।
नवगठित समितिले यातायात व्यवसायीहरूको हक–हित संरक्षण गर्दै संगठनलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ ।


