
धरान: धरानका विद्यार्थीहरुलाई लक्षित गर्दे करोडौंको लगानीमा विद्यार्थीलाई आवश्यक पर्ने सबै सामग्री एउटै छातामुनि उपलब्ध गराउने उद्देश्यसहित ‘युनिफर्म हाउस’ सञ्चालनमा आएको छ।
धरान–१२ छाताचोक विश्राभा कम्प्लेक्सको भुईँतल्लामा ‘युनिफर्म हाउस’ शनिबारदेखि सञ्चालनमा ल्याइएको हो।
शैक्षिक शत्र २०८२ सुरुवात हुने समयमा १६ जनाको संयुक्त लगानीमा करिब १ करोड रुपैयाँ लागतमा सञ्चालनमा आएको उक्त हाउसमा सस्थागत र सामुदायिक विद्यालयका ड्रेस, झोला, लुगा र जुत्ता लगायत विद्यार्थीलाई आवश्यक पर्ने विभिन्न सामग्री उपलब्ध रहेको छ ।
नेपालमै उत्पादन भएका कपडाबाट तयार पारिएका सामाग्रीहरु युनिफर्म हाउसमा उपलब्ध रहेको युनिफर्म हाउसका सचिव राजेन्द्र गुरुङले बताए । युनिफर्म हाउसका अध्यक्ष सचिन बराल रहेका छन्।
धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले शनिबार युनिफर्म हाउसको उद्घाटन गर्दै विद्यार्थी वर्गमा लक्षित स्टोरको सफलताको शुभकामना दिए ।
सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गर्दै ‘बोधित्ब गार्मिन्ट’ तथा ‘कुलीन परिवार’को सहकार्यमा उक्त युनिफर्म हाउस सञ्चालनमा ल्याइएको जनाइएको छ। उद्धघाटनको अवसरमा सम्पूर्ण सामाग्रीमा २० प्रतिशत छुट गरिएको सञ्चालकले बताए


