समाज

दर्ता नभएको ग्रील व्यवसायीहरुलाई पनि सरकारको मातहतमा ल्याउन स्थानीय सरकार लाग्छ :कावा प्रमुख बेघा


धरान: धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले दर्तावाला व्यवसायीहरूको संरक्षणमा उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए ।
शनिबार उद्योग वाणिजय संघ सुनसरीको सभाहलमा संयुक्त गृल उद्योग व्यवसायी संघ को नवौँ अधिवेशन तथा साधारण सभा को उद्धघाटन गर्दे बेघाले दर्ता नभएका व्यवसायलाई नियमनमा ल्याउने अभियान पनि निरन्तरता दिने बताए । उनले भने ‘दर्ता नभएको ग्रील व्यवसायीहरुलाई पनि सरकारको मातहतमा ल्याउन स्थानीय सरकार प्रतिवद्ध भएर लाग्छ ।’
नगरपालिका र व्यवसायीबीचको सम्बन्धलाई थप सुदृढ बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै व्यवसायीका समस्या र सुझावहरू संगठित रूपमा उपमहानगरपालिकासम्म पुग्ने माध्यम यही संस्था भएको बताए ।
कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै उद्योग वाणिज्य संघ सुनसरीका महासचिव प्रभाव खतिवडा ले दर्ता नभई सञ्चालन भइरहेका व्यवसायलाई नियमन गर्न उपमहानगरपालिका तथा राजस्व कार्यालयसँग सहकार्य आवश्यक रहेको बताए।
उनले बजार अनुगमन प्रभावकारी नभएको आरोपसमेत लगाए। बजारमा कालोबजारी भइरहेको दाबी गर्दै उनले मूल्य ट्यागमा गरिएको मनपरीलाई उदाहरणका रूपमा प्रस्तुत गरे। “५० लेखिएको ट्याग मेटाएर १०० देखि १२० सम्म बिक्री भइरहेको पाइएको छ,” उनले भने।
खतिवडाले व्यवसायी संस्थाले आफ्नै स्रोतबाट भवन निर्माण गर्नु व्यवसायीहरूको एकता र आत्मनिर्भरताको उदाहरण भएको उल्लेख गर्दै संयुक्त गृल उद्योग व्यवसायी संघ लाई सुनसरी उद्योग वाणिज्य संघले प्रभावकारी संस्थाका रूपमा लिएको बताए।
संघको प्रगति प्रतिवेदनअनुसार उक्त संस्थाले आफ्नै स्रोतबाट भवन निर्माण गरेको उल्लेख गरिएको छ। वस्तुगत संघहरूमध्ये आफ्नै भवन निर्माण गर्ने पहिलो संस्था हुनसक्ने अनुमान समेत गरिएको छ।
त्यसैगरी संघले स्वास्थ्य शिविर सञ्चालन, व्यवसाय प्रवर्द्धन तथा सदस्यहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको प्रतिवेदनमा उल्लेख छ। सुनसरी उद्योग वाणिज्य संघका विभिन्न कार्यक्रमहरूमा समेत उक्त संस्थाले सक्रिय सहभागिता जनाउँदै आएको बताइएको छ।
संयुक्त गृल उद्योग व्यवसायी संघ को नवौँ अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ। कार्यक्रममा संस्थाको वार्षिक गतिविधि समीक्षा गर्दै आगामी योजनाबारे छलफल समेत गरेको छ भने नयाँ कार्य समिती समेत चयन हुने जानकारी अध्यक्ष उदय कुमार राईले जानकारी दिए ।
संघको नवौँ अधिवेशन तथा साधारण सभामा संघका सल्लाहकार टोपेन्द्र बिश्वकर्मा लगायत ४ जनालाई सम्मान गरिएको छ ।
कार्यक्रममा नेपाल हार्डवेयर व्यवसायी संघ कोशी प्रदेश अध्यक्ष नवीन लामा, उद्योग वाणिज्य संघ सुनसरीका सदस्य नविन राजभण्डारी लगायत झापा, मोरङ र सुनसरी जिल्लाका थोक तथा रिटेल व्यवसायी संघका प्रतिनिधिहरू, स्थानीय भवन निर्माण व्यवसायी संघ, हार्डवेयर व्यवसायी तथा उद्योगी व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
अध्यक्षमा पुनः उदयकुमार राई
संयुक्त गृल उद्योग व्यवसायी सङ्घको अध्यक्षमा उदयकुमार राई पुनः सर्वसम्मत निर्वाचित भएका छन् । राईको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
नवौँ अधिवेशन तथा साधारण सभाबाट प्रथम उपाध्यक्षमा कमल शङ्कर र द्वितीय उपाध्यक्षमा सुन्दर श्रेष्ठ चयन भएका छन् । सचिवमा प्रेम कुमार राई, सहसचिवमा मदन कुमार प्रधान र कोषाध्यक्षमा तुलाराम श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।
त्यसै गरी सदस्यहरूमा पार्वती राई, विष्णु कुमार कार्की, हरि चौधरी, प्रदीप विक र विवश विश्वकर्मा चयन भएका छन् ।
नव निर्वाचित अध्यक्ष राईले दर्ता नभएका ग्रील व्यवसायीलाई दर्ता प्रक्रियामा ल्याउन सहजीकरण गर्ने,सङ्घको निर्माणाधीन भवन पूरा गर्ने तथा अघिल्ला कार्यकालमा अधुरा रहेका कामहरू सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

छुटाउनुभयो कि ?

समाज

आज नवरात्रको पहिलो दिन घटस्थापना बडा दसैँ सुरु

नेपालीहरूको महान चाड दशैँको पहिलो दिन घटस्थापना आइतबार (आज) बाट प्रारम्भ भएको छ । आज बडादशैंको पहिलो दिन, घरघरमा विविधपूर्वक
समाज

देशभर शक्ति पिठमा फुलपाती भित्र्याई रहदा दन्तकाली शक्ति पिठमा पनि फुलपाती भित्र्याएकोछ।

आज शनिबार नवरात्रीको सातौं दिन देशैभरका विभिन्न शक्तिपीठमा फूलपाती भित्र्याएउनेक्रममा धरान १४ विजयपुर स्थित दन्तकाली शक्तिपीठमा पनि बाँजागाजा सहितको टोलीले