
धरानः धरान १२ स्थित धरान मेघा कलेजको आयोजनामा नेपाली सेना भर्ती सम्बन्धी जानकारीमूलक कक्षा सम्पन्न भएको छ।
बिहीबार आयोजित जानकारीमुलक कार्यक्रममा नेपाली सेनामा भर्ना हुन इच्छुक विद्यार्थीहरूलाई भर्ती प्रक्रिया, योग्यता, छनोट विधि तथा आवश्यक तयारी सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
सह–सेनानी रविन्स रिमालले प्रस्तुति दिँदै नेपाली सेनामा भर्ना हुन आवश्यक शारीरिक,मानसिक तथा शैक्षिक तयारीका विषयमा विस्तृत जानकारी गराएका थिए। जानकारीमुलक कार्यक्रममा १सय जना विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको कलेजले जनाएको छ।
यस्ता जानकारीमूलक कार्यक्रमले विद्यार्थीहरूलाई भविष्यको करियर छनोटमा सहयोग पुग्ने विश्वास आयोजक कलेजका प्रध्यापक राजेश विद्रोहीले जानकारी दिए। सेनामा कसरी भर्तीहुने र सेनाहरुले कस्ता कार्यमा सहभागी हुन पाउछन जस्ता जानकारी मुलक सन्देश दिने प्रध्यापक विद्रोहीले बताए ।

