शिक्षा

पब्लिक स्कुलमा ‘अमेच्योर रेडियो तथा स्याटेलाइट बुटक्याम्प’ सम्पन्न



धरान: धरान–१२ स्थित पब्लिक हाई स्कुलमा विद्यालयस्तरीय चार दिने ‘अमेच्योर रेडियो तथा स्याटेलाइट बुटक्याम्प’ सम्पन्न भएको छ।
अन्तरिक्ष प्रतिष्ठान नेपालको आयोजनामा चैत्र १४ गतेदेखि सुरु भएको उक्त राष्ट्रव्यापी विद्यालयस्तरीय तालिममा कक्षा ६ देखि ९ सम्मका ४१ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।
बुधबार आयोजित समापन कार्यक्रममा बोल्दै धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले पब्लिक हाई स्कुल नमुना विद्यालयका रूपमा स्थापित भएको बताए। उनले विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन तथा व्यवस्थापनबारे अध्ययन अवलोकन गर्न विभिन्न देशका विद्यालयबाट प्रतिनिधिहरू आउने गरेको उल्लेख गरे।
उनले भने ‘हामी गर्वका साथ भन्न सकौँ कि धरान उपमहानगरपालिकाको पब्लिक स्कुलका विद्यार्थीहरूले आफैँले बनाएको स्याटेलाइट उडाएका छन् भन्ने दिन आउनुपर्छ ।’विद्यार्थीहरूले प्राप्त गरेको प्रविधि र ज्ञानलाई व्यवहारमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उनले विज्ञान तथा प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूलाई सिकेका सीप व्यवहारमा प्रयोग गर्न आग्रह गरे।
उनले अन्तरिक्ष प्रतिष्ठान नेपालको सहयोग तथा विद्यालयको पहलमा सञ्चालन गरिएको बुटक्याम्पले विद्यार्थीहरूलाई विज्ञान तथा प्रविधिप्रति थप आकर्षित गर्ने विश्वास व्यक्त गरे।
उनले भने‘तपाईँहरूले स्याटेलाइट, एन्टिना र रेडियो टावर किन आवश्यक हुन्छ भन्ने कुरा बुझ्ने अवसर पाउनुभएको छ, त्यसैले सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्नुहोस् ।,”
तालिममा सहभागी विद्यार्थीहरूलाई अमेच्योर रेडियो सञ्चालन, स्याटेलाइट प्रविधि, सर्किट निर्माण,सोल्डरिङ तथा रेडियो सञ्चार प्रणाली सम्बन्धी आधारभूत तथा व्यावहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ।
चार दिनसम्म सञ्चालन भएको उक्त बुटक्याम्पमा सहभागी विद्यार्थीहरूले व्यावहारिक अभ्यासमार्फत सञ्चार उपकरण निर्माण गरेका छन्। सो क्रममा विद्यार्थीहरूले निर्माण गरेका स्याटेलाइट, एन्टिना र रिमोट कार अन्तरिक्ष प्रतिष्ठानले विद्यालयलाई हस्तान्तरण गरेको छ।
कार्यक्रमको अध्यक्षता स्कुलका प्रध्यानाध्यापक ईन्द्र मोहन झाले गरेका थिए । बुटक्याम्पमा अन्तरिक्ष प्रतिष्ठान नेपालका परियोजना प्रबन्धक कृति दाहाल, संस्थापक डाक्टर आभास मास्के लगायत प्रशिक्षकहरू सहित विद्यालय व्यवस्थापन समितिका निर्वतमान अध्यक्ष हरि कार्की, विद्यालयका शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई