राजनिती

बिचौलिया प्रणाली अन्त्य नभएसम्म देश अघि बढ्दैन: कुलमान घिसिङ


धरान: उज्यालो नेपाल पार्टीका संयोजक कुलमान घिसिङले राजनीतिक क्षेत्रको “दुर्गन्ध”अन्त्य गर्दै पारदर्शी र इमानदार नेतृत्व स्थापित गर्न बिचौलिया तन्त्रको अन्त्य अनिवार्य रहेको बताएका छन्।
सोमबार धरानको भानुचोकमा आयोजित उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टी नेपाल को संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्दै घिसिङले भने,
“बिचौलिया तन्त्र नहटेसम्म देश बन्दैन। देश समृद्धिको दिशामा जान बिचौलिया प्रणालीको अन्त्य आवश्यक छ।”
उनले जेन्जी आन्दोलनको जगमा बनेको उज्यालो नेपाल पार्टीले मात्र देशलाई सही दिशामा लैजान सक्ने दाबी गरे। राजनीतिक पारदर्शिता र इमानदार नेतृत्वका लागि अध्यारो र भ्रष्ट व्यवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।
ऊर्जा क्षेत्रमा आफू प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेको बेला १८ बर्ष देखिको लोडसेडिङ समस्या एक महिनामै लोडसेडिङ अन्त्य गरेको उदाहरण दिँदै घिसिङले भने,“जसरी लोडसेडिङ अन्त्य गरियो, त्यसैगरी देशको दुर्गन्धित राजनीति पनि अन्त्य गर्छु। साथ दिनुस्।”
घिसिङले उज्यालो पार्टी बोल्ने होइन, गर्ने पार्टी भएको दाबी गर्दै लघुवित्त, मिटरब्याजी, भूमिहीन र सुकुम्बासी समस्या अन्त्य गर्ने प्रतिबद्धता जनाए। उनले आफु सरकारमा पुगेको एक वर्षभित्र सुकुम्बासी समस्या अन्त्य गर्दे स्वास्थ्य र शिक्षा निःशुल्क गरी एक घर–एक धारा अवधारणा ल्याउने बताए । उनले नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउने र विद्युत निर्यात गर्ने योजना रहेको भन्दै भविष्यको इन्धनको रूपमा हाइड्रोजन उत्पादनको सम्भावना रहेको बताए । उनले नेपालको स्वच्छ पानीलाई बोतलमा भरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी आर्थिक क्रान्ति गर्ने सोच रहेको छ । त्यहि जलविद्युत् उत्पादनमार्फत गरिबी निवारण र स्वरोजगार सिर्जना गर्ने बताए ।
घिसिङले सुनसरी क्षेत्र १ का उम्मेदवार जेन्टल लावतीलाई विजयी गराउन आग्रह गर्दै भने,“जेन्टल जी मन्त्री भएपछि धरानको दीर्घकालीन खानेपानी समस्या समाधान हुन्छ। आवश्यक परे म आफैँ धरान आउनेछु।”

उम्मेदवार जेन्टल लावतीले उज्यालो पार्टी परिणाम दिने पार्टी भएको उल्लेख गर्दै भने, “मैले जिते भने भाषण होइन, परिणाम दिन्छु।”
आफ्ना १७ बुँदे प्रतिबद्धता पूरा गर्दै सुनसरी क्षेत्रको विकास र समृद्धिका लागि काम गर्ने उनले बताए।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रति कटाक्ष गर्दै लावतीले गालीगलौज र धाकधम्कीको राजनीतिले देशमा अराजकता बढाउने आरोप लगाए।
लावतीले आफू इमानदार र पहिचानवादी सोच भएको नेता भएको दाबी गर्दै धरानको दीर्घकालीन खानेपानी समस्या समाधान गर्दे सुनसरी क्षेत्र १ लाई धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने र लागुऔषध दुव्र्यसन अन्त्यमा अब्बल भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
सभामा बोल्दै जेनजी मुभमेन्टकी सुभेच्छा राईले युवाको ऊर्जा परिवर्तनको संवाहक शक्ति भएको बताइन्।
उनले भनिन्,“एउटै बोतलको पानीमा विष छ कि औषधि,छुट्याएर हेर्नुपर्छ। एकपल्ट सोच्नुस्।”एक पल्ट सोच्न आग्रदै भोट चिममा भोट गर्न समेत आग्रह गरिन ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३