शिक्षा

देउराली चिल्ड्रेन एकेडेमीको अभिभावक दिवस


धरान: धरान–५ स्थित देउराली चिल्ड्रेन एकेडेमी ले शुक्रबार विद्यालय प्राङ्गणमा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि धरान उप–महानगरपालिकाका कार्यवाहक मेयर अईन्द्र विक्रम बेघाले वडा नम्बर ५ मा स्थापना भएको यस विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेको बताए । कावा प्रमुख बेघाले शिक्षा क्षेत्रकै अब्बल विद्यालयका रूपमा पहिचान बनाउन सफल भएको उल्लेख गरे। उनले आगामी दिनमा विद्यालयले अझ उचाइ हासिल गर्ने विश्वास व्यक्त गर्दै शुभकामना दिए।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल नविन गौतमले गरेका थिए। त्यसैगरी विद्यालयका प्रबन्ध निर्देशक पृथ्वी राईका मगर ले अभिभावकहरूको निरन्तर साथ र सहयोगकै कारण विद्यालय आजको अवस्थासम्म आइपुगेको बताउँदै आगामी दिनमा पनि सहकार्यको अपेक्षा रहेको धारणा राखे।
कार्यक्रममा विद्यार्थीहरूले गीत,नृत्य,राइम तथा नाटक प्रस्तुत गरी उपस्थित अभिभावकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए।
सो अवसरमा धरान–५ का वडा अध्यक्ष मनप्रसाद लिम्बु, एन प्याब्सन धरान का अध्यक्ष भगत लिम्बु, क्रियटिभ स्कुल सर्कल का अध्यक्ष गम्भीरमान तामाङ, हिबिस्कस इङलिस बोर्डिङ स्कुल का प्रबन्ध निर्देशक गङ्गाराम राई लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन विद्यालय सञ्चालक समितिका सदस्य एवं शिक्षक सुरेस राईले गरेका थिए।
विद्यालय–अभिभावक सहकार्यलाई सुदृढ गर्दै विद्यार्थीको समग्र विकासमा केन्द्रित सन्देशसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई