राष्ट्रिय समाचार

जेन्जी युनाइटेड मुभमेन्टले मंसिर ६ गते धरानमा कोणसभा गर्ने


धरान: देशमा बढ्दो भ्रष्टचार, कुव्यवस्था र राजनीतिक अस्थिरताबाट निराश बनेका युवाहरूले सञ्चालन गरेको यो समूहले जेन्जी पुस्ताका माग, भावना र एजेन्डालाई एकताबद्ध गर्न देशव्यापी अभियान थालेको छ । सरकारी सेवा–सुविधा आम नागरिकको पहुँचबाहिर बन्दै गएको, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत क्षेत्र पूर्ण रूपमा व्यवसायिकरण हुँदै गएको र कमजोर वर्गका नागरिक उपेक्षित बन्नुपरेको आरोपबीच आन्दोलन तीव्र बन्दै गएको छ ।
भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा ७६ जनाको ज्यान जानुका साथै ठूलो धनजनको क्षति भएको घटनापछि तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिएका थिए । राजनीतिक रस्साकस्सीपछि नागरिक नेतृत्वको अन्तरिम सरकार गठन भएको थियो, जसले फागुन २१ गते प्रतिनिधि सभा चुनावको घोषणा गरिसकेको छ ।
तर आन्दोलनपछि जेन्जी भावना बोकेका समूहहरू फरक–फरक झुण्डमा विभाजन हुँदै गएपछि आन्दोलनका शहीद र घाइतेहरूको सपना अधुरो रहने चिन्ता बढेको भन्दै जेन्जी युनाइटेड मुभमेन्टले एकता अपरिहार्य भएको मुभमेन्टका संयोजक तारा श्रेष्ठले बताएका छन् । । विभाजनले उपलब्धि गुम्ने भएकाले अब सबै जेन्जीहरू एउटै मञ्चमा उभिनुपर्ने उनको धारणा थियो ।
यही उद्देश्यसहित मुभमेन्टले शहीद परिवार र घाइतेहरूलाई साथमा लिएर प्रधानमन्त्री, गृहमन्त्रीसहित सरकारका प्रमुख पदाधिकारीलाई जेन्जी एकता निर्माणमा सहयोग गर्न अपिल पत्र बुझाइसकेको मुभमेन्टकी सदस्य सीमा राईले जानकारी दिइन् । उनले राष्ट्रिय मानव अधिकार आयोगलाई मानव अधिकार सुरक्षामा संवेदनशील हुन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न दबाबमूलक पत्र पठाएको बताएकी छन् ।
देशव्यापी अभियान अन्तर्गत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म कार्यक्रम सञ्चालन गरिरहेको मुभमेन्टले यही मंसिर ६ गते शनिबार सुनसरीको धरान–२, भानुचोकमा भव्य कोणसभा गर्ने तयारी गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । कार्यक्रमलाई आकर्षक बनाउन जेन्जी कलाकारहरूले देशभक्तिपूर्ण गीत, नृत्य र नाटक प्रस्तुत उनीहरुले जानकारी दिए ।
मुभमेन्टले धरानका जेन्जी पुस्ताका युवादेखि जेन–वाई, जेन–एक्स अग्रज तथा अभिभावकसम्म सबैलाई कोणसभामा सहभागी भई देशलाई अस्थिरता र अन्योलताबाट निकाल्ने अभियानमा ऐक्यबद्ध हुन आग्रह समेत गरेको छ ।

छुटाउनुभयो कि ?

राष्ट्रिय समाचार

नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा काफ्ले बिजयी

धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेद्वार सन्तोष काफ्ले निर्वाचित हुनुभएको छ । सुनसरीको
राष्ट्रिय समाचार

देशमा क्रमश आर्थिक–सामाजिक विकास हुँदैछः प्रधानमन्त्री ओली

धरान: प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताउनुभएको छ । इटहरीमा सुरु