
धरान: धरानस्थित प्राइम भिजन इन्टरनेशनल कलेजले मंगलबार शिक्षण विकास कार्यशाला सम्बन्धी गुणस्तर सुधार प्रतिवेदन सार्वजनिक गरेको छ।
नेदरल्याण्डका अन्तर्राष्ट्रिय शिक्षाविद् विल भान कोनिइसबुगले एक महिनाको शिक्षण अभ्यास र अवलोकनपछि तयार पारेको प्रतिवेदनमा कलेजका अध्यापन शैली, प्रविधिमूलक सिकाइ, परियोजना–आधारित शिक्षण र शिक्षा योजना परिमार्जन गरी सुधार आवश्यक चार प्रमुख क्षेत्र पहिचान गरिएको छ।
कलेजका सीईओ अभिषेक श्रेष्ठले प्रतिवेदन शिक्षक र विद्यार्थीको क्षमता अभिवृद्धि तथा शैक्षिक स्तर उकास्न “व्यावहारिक निर्देशिका”को रूपमा काम गर्ने बताए। निर्देशक दुर्गा सुवेदीले प्रतिवेदनका सुधार बुँदाहरूको नियमित अनुगमन र पाँच वर्षपछि पुनर्मूल्यांकनका लागि कोनिइसबुग नेपाल आउने प्रतिबद्धता व्यक्त गरे।
त्यसै अवसरमा कलेजले एशियन एजुकेशन रिभ्यूले घोषणा गरेको ‘एसिया टप १० होटल म्यानेजमेन्ट कलेज २०२५’ मा प्राइम भिजन इन्टरनेशनल कलेज परेको जानकारी पनि सार्वजनिक गर्यो।

