शिक्षा

स्वर्गीय विष्णु कुमार लिम्बुको १९ औं स्मृति दिवसमा ५१ हजार सहयोग


धरान: स्वर्गीय विष्णु कुमार लिम्बुको १९औं स्मृति दिवसको अवसरमा उनकी श्रीमती जित माया लिम्बु, छोरीद्धय दुर्गा र शैलिका लिम्बु र ज्वाइँ आश कुमार राईले धरान–३ स्थित भानु स्मृति माध्यमिक विद्यालयको अक्षय कोषमा नगद ५१ हजार ५ रुपैयाँ सहयोग गरेका छन्।

छोरी शैलिका लिम्बु भानु स्मृति विद्यालयकी पूर्व विद्यार्थी हुन्। छोरीहरुले कक्षा १ देखि एसएलसीसम्म सोही विद्यालयमा अध्ययन गरेका थिए। उक्त सहयोग विद्यालयका प्रधानाध्यापक रविन्द्र सुवेदी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैना कला न्यौपानेलाई श्रीमती जित माया लिम्बु, छोरी दुर्गा लिम्बुले रकम हस्तान्तरण गर्दै विद्यालयमा “स्वर्गीय विष्णु कुमार लिम्बु जेहेनदार विद्यार्थी छात्रवृत्ति कोष” स्थापना गरिएको छ।

विद्यालयका प्र.अ. सुवेदीले सहयोगी मनका धनी यसै स्कुलका कार्यालय सहयोगी रामबहादुर अधिकारीबाट नगद २० हजार रुपैयाँबाट २०६७ साल बाट सुरुवात भएको अक्षयकोष हालसम्म १६ लाख भइसकेको बताए। प्रअ सुवेदीले भने‘ विद्यालयले हरेक वर्ष अक्षयकोषबाट उठ्ने ब्याजबाट विद्यार्थीलाई कापी–कलम र रकम वितरण गर्दै आएको छ।’

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य दान बहादुर राई लगायतको उपस्थिती रहेको थियो।कार्यक्रमका संचालक शिक्षक ओम रिमालले गरेका थिए ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई