राष्ट्रिय समाचार

पैदलै हिड्न थाले यात्रु: यात्रु भन्छन् सरकार छ भन्ने अनुभूत छैन



काठमाण्डौं: मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिक खसेको पहिरो ३९ घण्टासम्म पन्छाउन नसकेपछि यात्रुहरु पैदलै सुरक्षित स्थान तर्फ हिँडेका छन् । सरकारले पहिरो पन्छाइदेला र गन्तव्यतर्फ जाँउला भन्ने आसले रातदिन सडकमै अलपत्र परेका यात्रुहरु घण्टौँ हिँडेर सुरक्षित स्थानतर्फ लागेका छन् ।

असोज ३ गते काठमाण्डौंबाट धनगढी हिँडेका ललित चन्द ३९ घण्टादेखि सडकमै छन् उनि रातमाटेदेखि घण्टौ हिँडेर असोज ५ गते विहान साढे ९ बजे मुग्लिङ पुगेकाछन् । कतिपय ठाउँमा सडक एकतर्फी जान सक्ने स्थानमा पनि ट्राफिक प्रहरीहरुले सवारी रोकपछि विभिन्न स्थानमा वादविवाद भएको र प्रहरी प्रशासनको रुखो बोलीले यात्रुहरु झन प्रताडित हुनु परेको चन्दले बताउनुभयो । वहाँले भन्नुभयो पानी खान पाइएको छैन, खाना खान पाइएको छैन अलिकति भएपनि अगाडी जान पाए हुन्थ्यो बजारको आसपास पुग्नु पाए हुन्थ्यो भन्ने यात्रुहरुलाई छ तर, ट्राफिक प्रहरीहरुको व्यवहार रुखो हुँदा वादविवाद भएको वहाँले बताउनुभयो । बल्ल मुग्लिङ आइपुगिएयो अव त कमसेकम पानी त खान पाइन्छ नी चन्दले भन्नुभयो । वहाँका अनुसार बाटोमा हजारौँ यात्रुहरु अलपत्र छन् कतिपय विरामी, बुढापाका, महिला बालबालिकाहरुछन् सबैको बेहाल छ । सडकमा कतै सरकार छ भन्ने अनुभूति गर्न पाइएन ।

पहिरो पन्छाउन नसक्दा असोज ३ गते साढे ६ बजेदेखि हालसम्म यातायात आवागमन बन्द भएको छ । जसका कारण हजारौँ यात्रु तथा यातायात मजदुरहरु समस्यामा परेकाछन् । लामो समय सडक जाम हुँदा खाद्यान्नको समस्या परेको छ । यसैक्रममा मुग्लिङका स्थानीयले पहल गरेर असोज ४ गते समस्यामा परेका यात्रु तथा मजदुरहरुलाई खानाको व्यवस्था गरिएको थियो ।

अझैपनि पहिरो खसिरहेकाले पन्छाउने कार्य जटिल भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
यता नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारले सबै शक्ति प्रयोग गरेरै भएपनि पहिरो पन्छाउनु पर्ने माग गरेकाछन् । करिव ३५ हजार सवारी साधनमा काम गर्ने करिव ८० हजार यातायात मजदुरहरु भरतपुरदेखि नागढुङ्गा सडक खण्डमा फसेको र करिव ५ लाख यात्रुहरु प्रभावित भएको कुरा स्मरण गराउदै सडक डिभिजन कार्यालय भरतपुरको ५ वटा लोडर र एक्जाभेटरबाट मात्रै पहिरो पन्छाउने कार्य तत्काल सम्भव नहुने राईले बताउनु भएको छ ।

छुटाउनुभयो कि ?

राष्ट्रिय समाचार

नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा काफ्ले बिजयी

धरान: नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा प्रेस चौतारी र प्रेस युनियनका साझा उम्मेद्वार सन्तोष काफ्ले निर्वाचित हुनुभएको छ । सुनसरीको
राष्ट्रिय समाचार

देशमा क्रमश आर्थिक–सामाजिक विकास हुँदैछः प्रधानमन्त्री ओली

धरान: प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक व्यवस्थामा भएको परिवर्तनपछि आर्थिक–सामाजिक क्षेत्रमा धेरै सुधार भएको बताउनुभएको छ । इटहरीमा सुरु