राजनिती

तोडफोड,आगजानी घट्नामा संलग्लाई पक्राउ गरी कारबाही गर्न माग


धरान: नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का क्षेत्रीय कार्यसमितिले तोडफोड, आगजानी र लुटपाटमा संलग्नमाथि हदै सम्मको कानुनी कारबाहीको माग गरेको छ।

मंगलबार विज्ञप्ती जारी गर्दै धरान उपमहानगरपालिका अन्तर्गत विभिन्न स्थानमा भएको संगठित तोडफोड, आगजनी र लुटपाटका घटनाहरूमा ४ जनाको मृत्यु भएको पुष्टि भएको र घटनामा निजी सम्पत्तिदेखि वडा कार्यालयसम्ममा गम्भीर क्षति पुगेको भन्दै संलग्नमाथि छिटो भन्दा छिटो कानुनी कारबाही गर्न विज्ञप्तीमा उल्लेख गरेको छ।

पूर्व सांसद जयकुमार राईको घर, पूर्व नगर प्रमुख मनोज मेन्याङको होटल कञ्चनजंघा, पूर्व उपप्रमुख मन्जु भण्डारीको घर, प्रदेश महामन्त्री उमेश थापाको घर, क्षेत्रीय सभापती सुजेन्द्र तामाङ्को घर, नगर कार्यपालिका सदस्य सिर्जना नेपालको घर र धरानस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड, आगजनी तथा लुटपाट संलग्नलाई विज्ञप्तीमार्फत कारबाहीको माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ,‘यी घटनाले धरानको सामाजिक सद्भावमा आँच पुर्‍याएको छ, बरु स्थानीय जनतामा भय र त्रासको वातावरण सिर्जना भएको छ ।’ यस्ता खालका अपराधिक गतिविधि समाजवाद, लोकतन्त्र र नेपाली कांग्रेसको मूल्यमान्यताको विरुद्ध रहेको भन्दै न्यायप्रेमी धरानवासीहरूलाई शान्ति सुरक्षाको पक्षमा ऐक्यबद्धता जनाउन अपिल गरिएको छ ।

सभापती सुजेन्द्र तामाङद्वारा जारी विज्ञप्तीमा ‘धरानको शान्ति, सुरक्षा र अमनचयन कायम गर्न’ सबैपक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

छुटाउनुभयो कि ?

राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद
राजनिती

अनिश्चितकालिन धनकुटा बन्द गर्ने सयुक्त संघर्ष समितीको आव्हान(भिडियोसहित)

प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले भोली मङ्गलवार देखी धनकुटा अनिश्चितकालिन बन्दको आव्हान गरेको छ । धनकुटाका ३