धरान विशेष

धरानमा शान्तिपूर्ण तरिकाले जारी ‘जेनजी आन्दोलन’, काठमाडौंमा झडप र कर्फ्यू

धरान: सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध युवाहरूले सुरु गरेको नयाँ पुस्ता (जेनजी) आन्दोलन काठमाडौंमा हिंसात्मक रूप लिँदा धरानमा भने शान्तिपूर्ण रूपमा जारी छ।

काठमाडौंमा प्रदर्शनकारी संसद भवनभित्र छिरेपछि सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप भएको छ। झडपपछि स्थिति नियन्त्रण बाहिर जाँदा प्रशासनले कर्फ्यू लगाउनुका साथै आन्दोलनकारीको ज्यान समेत गएको पुष्टि भएको छ।

त्यसको ठीक विपरीत, धरानमा आन्दोलन संयमित र शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको छ। आज बिहान १० बजेदेखि भानुचोकमा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। सहभागिता बढेसँगै र्याली छाताचोक हुँदै धरान उपमहानगरपालिकाभित्र प्रवेश गरेको थियो।

हाल प्रदर्शन भानुचोकमा केन्द्रित छ, जहाँ सहभागी युवायुवतीहरूले भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द, र सरकारविरुद्ध आक्रोश पोखिरहेका छन्। प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्का नाराबाजीसहित आन्दोलनकारीहरूले भानुचोकदेखि छाताचोक जाने सडकमा कब्जा जमाएका छन्, जसका कारण सो मार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक बन्द भएपछि प्रहरीले वैकल्पिक मार्गको रूपमा पुतलीलाइन हुँदै यातायात सञ्चालन गरिरहेको जनाएको छ।

धरानको लोकतान्त्रिक चौतारीमा भेला भएका युवाहरूले जनगुनासो तथा असन्तुष्टि अभिव्यक्त गर्दै आन्दोलनलाई शान्तिपूर्ण र लक्षित रूपमा अगाडि बढाइरहेका छन्। धरानमा अहिलेको स्थिति नियन्त्रणमा रहेको जनाइएको छ।देशभर अहिले सम्म १४ आन्दोलन पक्षका युवाहरुको मृत्यु भै सकेको छ भने २ दर्जन भन्दा बढी गाईते भएको छ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।