शिक्षा

धरानको चन्द्र संस्कृत बिद्मालयमा श्रेष्ठद्वारा जेहेन्दार बिद्मार्थीको लागि छात्रबृत्ति कोष स्थापना

धरान १६ मा रहेको सामुदायिक विद्मालय चन्द्र संस्कृत माबिमा समाजसेवी नन्द कुमार श्रेष्ठले जेहेन्दार विद्मार्थीलाई दिईने गरी विद्मालयमा छात्रबृत्ति कोष स्थापना गरि ११ हजार रकम कोषमा दिएका छन।

धरान १६ मा रहेको शिखर युभा समाजका सल्लाहाकार समेत रहेको श्रेष्ठले रक़म बिद्मालय व्यवस्थापन समितिका अध्यक्ष तिलक बस्नेत र चन्द्र संस्कृत बिद्मालयका प्र.अ. तारा कुमार राई र शिक्षकहरुलाई युवा नेता समाजसेवी युनेस राना मगर र नन्द श्रेष्ठले आज हस्तान्तरण गरेका हुन।

सामाजिक व्यक्तित्व श्रेष्ठले रकम हस्तान्तरण गर्दै सामुदायिक बिद्मालयमा अध्यान गर्ने बिद्मार्थी पढाईमा राम्रो हुदा हुँदै पनि घरियासी आर्थिक अभावका कारण पढाइ छोडनु पर्ने बाध्यत्मक अवस्था रहेकोले त्यस्ता बिद्मार्थीहरु शिक्षाबाट बन्चीत हुन नपरोस भनी छात्रा बृत्ती कोष स्थपना संगै केही रकम प्रदान गरेको जानकारी गराए।

बिद्मालय व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले “भने सामुदायिक बिद्मालयमा अध्यान गर्ने बिधार्थीहरु जेहेन्दार पढाईमा अब्बल हुदा हुँदै पनि आर्थिक अभावका कारण पढाइ छोड्नु पर्ने बाध्यता कायमै रहेको उल्लेख गर्दै त्यस्ता बिधार्थीले पनि शिक्षा लिन पाउनु पर्छ भन्ने हेतुका साथ बिद्मालयमा छात्रबृत्ति कोष स्थापना गरि रकम समेत उपलब्ध गाराई दिएकोमा बिद्मालय परिवार खुशी छौ”।

उक्त बिद्मालयमा कक्षा १२ सम्म संचालनमा छ। जम्मा बिद्मार्थी १७५ जना रहेको बिद्मालयले जानकारी दिएको छ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई