अपराध

धरानमा साइबर क्राइमका घट्ना श्रृंखलाबद्ध बढ्दै


धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई निर्वाचित भएर आएपछि उहाँका समर्थकहरुले सामाजिक संजालमा विपरीत मत राख्दा तथा आफ्नो विपक्षमा समाचार आउँदा सामाजिक सञ्जालबाटै अपशब्द स्टाटस लेख्ने, कमेन्ट गर्ने लगायतका घट्नाहरु बढ्दै गएपछि साइबर अपराधका घट्नामा ईलाका प्रहरी कार्यालयमा उजुरी समेत बढ्दै गएको छ ।

यस्तै धरान १५ का विनोद तिम्सिनाले समेत साइबर अपराधमा इलाका प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । धरानका मेयर हर्क साम्पाङले फेसबुकमा लेखेको स्टाटसमा तिम्सिनाले कमेन्ट गरे पछि मार्ने धम्की आएको उहाँले जानकारी दिनु भयो। मेयर साम्पाङले लेखेको स्टाटस “स्वतन्त्र दिदी बैनी SDB लाई दिइयो ज्येष्ठ नागरीक मनोरञ्जन पार्क बनाउने जिम्मा ! अल द बेस्ट” बिनोद तिम्सिनाले कमेन्टमा लेखेका थिए “ए ठेक्का लाग्यो, बिना बोलपत्र ! ??” Harka Sampang A Revolution Binod तेरो बाऊ, रिप्लाई दिएका थिए।

उक्त मेयरको स्टाटसमा कमेन्ट गरेकै आधारमा तिम्सिनालाइ मनिश राना मगरले कमेन्टमा यस्तो लेखेको थियो “Binod Timilsina एस्लाई खोजेर मार्नु पर्छ ढिलो छिटो समय आएपछि एस्ता अराजक तत्व हरु लाई मार्दै पन्छाउदै अघि बढ्नु पर्छ जसरि xi jin ping ले आफ्नो विरोधी हरु लाई च्याप समाउदै मार्दै अघि बढ्छ हो तेसरि नै बाटो छेक्न आउने काँडा हरु लाई पन्छाउदै अघि बढ्नु पर्छ चाईना त्यसै चाईना बनेको हैन त्याहा पनि एस्तै अराजक तत्व हरु धेरै थिये अझै छ हिजो अस्ति मात्रै एउटा ठुलै पद को मान्छे लाई जेल हालेको छ अब नेपाल मा पनि एस्लाई मारेर अघि बढ्नु पर्छ अनि मात्रै बन्छ नेपाल”।

मनिस राना मगर सहित भिम राज गुरुङ र सनम मगरलाई ज्यान मार्ने धम्की दिएको हुदा कानुनी कार्बाहीको माग राख्दै ईलाका प्रहरी कार्यलय धरानमा तिम्सिनाले आज शुक्रबार उजुरी दिएका छन।

यस्तै केही समय अगाडि टेम्पो चालक रिना लामाले समेत मेयर साम्पाङका समर्थकहरुले व्यक्तिगत चरित्र हत्या गर्ने किसिमका कमेन्टहरु लेखेपछि उहाँले समेत साइबर अपराधमा नौ जना बिरुद्व उजुरी दिनुपरेको थियो ।

केही समय अगाडि नेपाली काँग्रेसकी नेतृ पञ्चकला राईले धरानको खानेपानी प्रोजेक्टका विषयमा सञ्चारमाध्यममा आफ्नो अभिव्यक्ति दिएको पोष्ट गरेको समाचारका विषयमा मेयर हर्कराज राईका समर्थकहरुले अनर्गल तथा गाली गलौज समेटिएको टिप्पणी गरेपछि उहाँले इलाका प्रहरी कार्यालयमा साइबर अपराध अन्तर्गत उजुरी दर्ता गराउनुभयो ।

यी र यस्ता धेरै पात्रहरु अहिले धरानको विषयमा विपरीत मत राख्दा सामाजिक सञ्जालबाट गालीगलौज र धाकधम्कीका प्रतिक्रिया आउन थालेपछि अहिले ईलाका प्रहरी कार्यालय धरानमा साइबर अपराधमा उजुरी बढ्न थालेको हो ।

छुटाउनुभयो कि ?

अपराध

संञ्चारकर्मी संञ्जीता धमला माथी हर्क साम्पाङ समर्थक महिलाहरुद्वारा आक्रमण

सञ्चारकर्मी संञ्जीता धमला माथी विपी कोईराला विज्ञान प्रतिष्ठान भित्र धरानको मेयर हर्क साम्पाङ समर्थक महिलाहरु द्वारा आक्रमण भएको समाजिक संञ्जाल
अपराध

संचारकर्मी धमला आक्रमणमा संलग्नता रहेको आरोपमा सृजना बेघा पक्राउ

बुधबार  बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सञ्चारकर्मी सञ्जीता धमला माथी आक्रमण गरेको घटनामा संगलगनता भएको आरोपमा एक जना महिला पक्राउ