
धरानः राष्ट्रिय परिक्षा बोर्डद्वारा कक्षा १२ को जारी नतिजामा धरान १२ स्थित एम्स एकेडेमीकी छात्रा जेनिशा निरौलाले विज्ञान संकायतर्फ ३ दशमलब ९५ जिपिए ल्याएर देशभरमा दोस्रो स्थान हासिल गरेकी छन् ।
निरौला सहित उत्कृष्ठ अंक ल्याउने विद्यार्थीहरुलाई शुक्रवार कलेजले सम्मान गरेको छ । छात्रा निरौलाले ९८ प्रतिशत अंक ल्याउँदै राष्ट्रिय परीक्षा बोर्डको प्रारम्भिक नतिजा अनुसार देशभर दोस्रो स्थान हासिल गरेको कलेजका प्राचार्य सन्तोष कोईरालाले बताए ।
उनले भने ‘उत्कृष्ठ अंक ल्याउन काठमाण्डौ मै पढनु पर्छ भन्ने संस्कार अन्त्य गर्नुपर्छ ।’ जेनिशाले हासिल गरेको नतिजाले महंगो शिक्षालयबाट मात्रै राम्रो अंक ल्याउन सकिन्छ भन्ने धारणाको अन्त्य गरेको छ।
उनले एम्म एकेडेमीले निरन्तर मेहनत, समर्पित शिक्षकहरु र विद्यार्थीहरूको लगनशीलताको परिणाम स्वरूप यस वर्ष पनि उत्कृष्ट परिणाम दिन सफल भएका बताए ।
प्राचार्य कोइरालाका अनुसार जेनिशाले कक्षा ११ मा समेत उत्कृष्ट नतिजा ल्याएकी थिइन् । कक्षा १२ मा झनै उच्च सफलता प्राप्त गरेकी हुन ।
२०८१ सालको कक्षा १२ को परीक्षामा एम्सका सहभागी ९४ दशमलव ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । नतिजा अनुसार ५ जना विद्यार्थीले ए प्लस ग्रेड प्राप्त गरेका छन् ।
कलेजले छात्रा जेनिशा सहित उत्कृष्ट परीक्षा परिणाम ल्याउने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्रामा सफलता र प्रगतिको शुभकामना व्यक्त गरेको छ ।


