
धरान: डिपो स्कुलको आयोजनामा विहिवार देखि सुरु भएको विद्यालय स्तरीय चौथो मेजर श्रवणकुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा प्राडाइज स्कुल, तरहरा, प्रभात स्कुल, लिटलफ्लवार झापा, पुर्वाञ्चल स्कुल, तरहरा, सुनखरी स्कुल र काम्रेल हाइ स्कुल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रवार भएको खेलमा प्याराडाइज स्कुल तरहराले डिपो स्कुल धरानलाई ३२–२०, प्रभात स्कुलले धरान मेघा स्कुललाई ५४–३६, लिटल फ्लवार स्कुल झापाले युनाइटेड स्कुललाई ४९–४, पुर्वाञ्चल स्कुल तरहराले इस्ट होराइजनलाई ३३–२७, सुनाखरी स्कुलले ग्रीनफिल्ड झापालाई २८–२४ र काम्रेल स्कुलले समिट स्कुललाई ५६–४३ अंकको अन्तरले पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेका हुन ।
शुक्रवार भएको खेलमा प्याराडाइजका प्रिन्स खत्री, प्रभात स्कुलका सान्केन राई, लिटल लिटलफ्लवार कुवुङ केरुङ, पुर्वञ्चलका कुशल कार्की, सुनाखरीका विक्रम श्रेष्ठ र काम्रेलका रियान्स खजुरिया म्यान अफ द म्याच घोषित भए । उनिहरुलाई प्रतियोगिताका संयोजक डिपो स्कुल व्यावस्थापन समिति सदस्य खड्कशम्सेर लिम्वु, बास्केटवल राष्ट्रिय प्रशिक्षक विकास चाम्लिङ राई, राष्ट्रिय महिला बास्केटवल खेलाडि डा. आशा राईले ट्रफि प्रदान गरेका छन ।
कक्षा १० सम्मका खेलाडिहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा १८ टिमले सहभागिता जनाएको छ । प्रतियोगिताका विजेता टिमले नगद २० हजार रुपैया, उपविजेताले नगद १० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयर एमभिपि, हाइ स्कोर र प्रत्येक खेलको म्यान अफ द म्याच उपाधि विजेताले ट्रफि र मेडल प्राप्त गर्ने आयोजक डिपो स्कुलका प्राचार्य राजकुमार राईले जानकारी गराए । प्रतियोगीताका उत्कृष्ट खेलाडिलाई अग्रज पत्रकार एवं लेखक जनकऋषि राईले खेलाडिलाई प्रोत्साहन गर्नका लागि आफ्नो तर्फ वाट नगद एक हजार रुपैया र सांस्कृतिक अधिकार अर्वाड २०८२ वाट पुरस्किृत “गोरु चिन्तन” पुस्तक प्रदान गर्ने घोषण गरेको छ ।
सुनसरी बास्केटवल संघ र धरान वास्केटवल संघको व्यवस्थापनमा संपन्न प्रतियोगिताको सम्पुर्ण खेल डिपो स्कुलको बास्केटवल कोर्टमा हुनेछ । भोलिको क्वाटर फाइनल खेल आइडल स्कुल र प्रभात स्कुल, प्याराडाइज स्कुल तरहरा र पुर्वाञ्चल स्कुल तरहरा, सुनाखरी स्कुल र लिटल फ्लवार स्कुल झापा र हिमशिखर स्कुल तरहरा र काम्रेल हाइ स्कुल विच प्रतिश्पर्धा हुनेछ ।