धरान विशेष

धरानमा ‘जसरी पनि खानेपानीको प्रोजेक्ट कार्यान्वयन हुनुपर्छ, नगर अस्पताल बन्नैपर्छ: काँग्रेस


धरान: नेपाली काँग्रेस धरान नगर समितिले धरान नगर अस्पताल, खानेपानी प्राजेक्ट र बिमाको विषयमा आफ्नो धारणा सर्वजनिक गरेको छ ।
नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलले धरानमा मेयर हर्कराज राईले अहिले अनेक स्टनबाजी गरेर धरानमा आएको खानेपानी प्रोजेक्टका विषयमा मेयर हर्कराज राईले ऋणको हवला दिँदै सर्वसाधारणलाई भ्रम छर्न गरेको स्टनबाजीले बर्षौदेखिको धरानको खानेपानीको समस्या समाधानमा ठूलो आघात पुग्ने बताउनुभयो ।
उहाँले मुलुकमा काँग्रेसले २००४ सालदेखि राजनीतिक गर्दै आएको र विगतमा पनि जनताको पक्षमा हरेक निर्णय गर्दै आएको बताउदै धरान नगर अस्पताल र खानेपानी प्राजेक्ट जनताकै आधारभूत आवश्यकता भएकोले काँग्रेस यसमा पनि जनताकै पक्षमा रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो–‘नेपाल सरकारले अनुदान स्वरुप प्रदान गरेको ६ अर्बको परियोजना कुनै पनि हालतमा लागू हुनुपर्छ, जनतलाई भ्रम छरेर आयोजना फेल हुनुहुदैन, यसमा नेपाली काँग्रेस स्पष्ट छ ।’
उहाँले स्थानीय सरकारले कोशीबाट पानी ल्याउने प्रोजेक्टमा स्थानीय सरकारले अटेर गर्ने र यो बजेट फ्रिज हुने काम गरेको खण्डमा आफूहरु प्रदेश र केन्द्रीय सरकारबाटै टेन्डर आव्हान गरेर जसरी भए पनि काम गर्न दबाब सिर्जना गर्ने बताउनुभयो ।
उहाँले ८५ प्रतिशत नेपाल सरकारको र १५ प्रतिशतमात्र धरान उपमहानगरपालिकाले व्यहोर्ने गरी आएको बजेट कुनै पनि हालतमा फ्रिज हुन नदिने बताउदै सिधै केन्द्रले यसलाई हस्ताक्षेप गरेर टेण्डर आवहान गरेर भएपनि काम सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले धरानको विकासमा दीर्घकालीन सोच हुनुपर्ने बताउदै धरानको दीर्घकालीन समस्या समाधानमा आएको यो प्राजेक्टमा धरानका राजनीतिक दलहरु एक जुट रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले अरु दलहरुसँग पनि छलफल र सहकार्य गरिरहेका छौं सबै प्राजेक्ट कार्यान्वयन हुनुपर्छ भन्ने पक्षमा रहेका छन्, स्थानीय सरकार प्रमुख आउने जाने क्रम रहिरहन्छ तर यो यो प्रोजेक्ट फेरि फेरि आउदैन, यो प्राजेक्टको बारेमा भ्रम फिजाएर धराने जनताको खानेपानी पाउनुपर्ने अधिकारलाई बञ्चित गर्न पाइदैन ।’

उहाँले अहिले धरानमा नगर अस्पताल नबनेर विमितहरुले पाउनुपर्ने समस्याको विषयमा संविधानले उल्लेख गरेको नगर अस्पताल धरान जस्तो सुविधा सम्पन्न नगरमा नहुनु विडम्बना भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘नेपालको संंविधान २०७२ मा सबै स्थानीय तहमा अनिवार्य रुपमा नगर अस्पताल बन्नुपर्ने प्रावधान छ, तर धरानमा नगर अस्पताल बन्न सकेको छैन । नगर अस्पताल नबनेकै आधारमा स्वास्थ्य सेवाबाट धराने जनता बञ्चित हुनुहुदैन, जसरी पनि बन्नुपर्छ, यसमा नेपाली काँग्रेसले दबाब सिर्जना गर्छ ।’
उहाँले खानेपानी प्रोजेक्ट र नगर अस्पताल बनाउने विषयमा साझा अवधारणा लिएर अन्य दलहरुसँग पनि छलफल र सहकार्य गरेर नेपाली काँग्रेस अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
उहाँले नगर अस्पताल बनाउने र खानेपानी प्रोजेक्टको विषयमा स्पष्ट पार्दै धराने जनताले नगर अस्पताल चाहिँदैन, खानेपानी प्रोजेक्ट चाहिँदैन भनेर नभनेको स्पष्ट पार्दै मेयर हर्कराज राईले खानेपानी प्रोजेक्टमा नेपाल सरकारले गरेको यति ठूलो लगानीलाई धराने जनताप्रति भ्रम सिर्जना गर्दै ऋण लिएर म पानी खुवाउदिन भन्ने स्टनबाजीले धरानबासीको भविष्यलाई असर गर्ने बताउदै यस्ता भ्रमलाई चिर्दै धरानका लागि आएको अत्यावश्यक प्राजेक्टका विषयमा जनस्तरबाटै चिर्दै लानुपर्नेमा जोड दिनुभयो ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
धरान विशेष स्वास्थ्य/जिवनशैली

बिपी प्रतिष्ठानमा आन्दोलनका कारण शैक्षिक तथा उपचार गतिविधि प्रभावित(भिडियोसहित)

धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकहरूको आन्दोलनका कारण त्यहाँका शैक्षिक कार्यक्रम एवं उपचार सेवा प्रभावित भएको छ ।