खेलकुद

युवाहरुको व्यक्तित्व विकासका लागि तरुण दलले बडिबिल्डिङ प्रतियोगिताको आयोजना गर्ने


धरान: नेपाल तरुण दल सुनसरी क्षेत्र नं. १ कार्यसमितिको आयोजनामा धरानमा प्रथमपटक ‘प्रथम मिस्टर तरुण बडिबिल्डिङ च्याम्पियनसिप २०८२’ हुने भएको छ ।
‘राष्ट्र निर्माणमा तरुणहरूको योगदान’ भन्ने मूल नारालाई आत्मसात् गर्दै नवगठित कार्यसमितिले यो प्रतियोगिता आयोजना गर्न लागेको हो।

सुनसरी जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा प्रतियोगितामा ५५,६०,६५,७०र ७५ केजी समुहमा प्रतिष्पर्धा हुने तरूणदल अध्यक्ष अजय राईले जानकारी दिनुभयो ।
यसअघि कार्यसमितिले तरुणहरूलाई नेतृत्व र अभिव्यक्तिमा सबल बनाउन एक दिने ‘तरुण लिडरशिप’ तालिम सञ्चालन थियो । त्यसैको निरन्तरतामा खेलकुद, कला, संगीत, नृत्य लगायतका विधामा तरुणहरूलाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता यही साउन २७ र २८ गते धरान–१५ स्थित सदन स्कुलको प्राङ्गणमा आयोजना हुनेछ । प्रतियोगितामा प्रथम हुने खेलाडीलार्ई १ लाख, दोस्रोलाई ५० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई २० हजार र पाँचौँ पुरस्कारका लागि १५ हजार रुपैयाँ निर्धारण गरिएको छ भने ‘बेस्ट पोजर’ र ‘मोस्ट मस्कुलर’ उपाधिका लागि जनही १० हजार रुपैयाँको पुरस्कार राखिएको छ ।
नेपालभरका बडिबिल्डिङ खेलाडीहरूलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रतियोगिताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन हुने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

खेलकुद धरान विशेष

प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसमा आर्मीका देवराज र खोटाङकी प्रिया विजेता

धरानः प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेस २१ कि.मि.मा पुरुषतर्फ त्रिभुवन आर्मीका देवराज बस्नेत र महिलातर्फ खोटाङकी प्रिया राई प्रथम भएका छन्
खेलकुद

१८ औं ललित अम्बर डिपो कप तथा दिलकुमार प्लेट च्याम्पियन कप हुने भएको छ । 

प्रत्येक वर्ष धरानमा निरन्तर हुँदै आएको डिपो कप प्रतियोगिता यो वर्ष भने यही  मंसिर १५ गतेदेखि सञ्चालन गर्ने तयारी आयोजक