आर्थिक

धरानमा मिटरब्याजी विरुद्ध गिता देवी निरौलाको संयोजकत्वमा ८ सदस्यीय संघर्ष समिती गठन

धरान उपमहानगरपालिकामा रहेका वित्तिय शोषण (मिटर ब्याजी) विरुद्ध संघर्ष समिती गठन भएको छ । बुधबार गठित समितीमा गिता देवी निरौलाको संयोजकत्वमा ८ सदस्यीय समिती गठन भएको हो।
वित्तिय शोषण विरुद्ध संघर्ष गरौ भन्ने नाराका साथ मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिती धरान गठन भएको हो ।
संघर्ष समितीमा पदम कुमारी लिम्बु, सुरेखा लिम्बु, सरिता लिम्बु, फथिमाया लिम्बु, लक्ष्मी लिम्बु, विना देवान, तारा रणपहेली, गीता लिम्बु रहेका छन ।
आमन्त्रीत सदस्यहरुमा साहारा गुरुङ, गणेश प्रसाद तिम्सीना, सरोज राई, खडका राई रहेका छन ।
संघर्ष समितीले असर ११ गते पहिलो बैठक बस्दै धरानमा रहेका मिटरव्याजीहरु विरुद्ध संघर्ष गर्ने योजना अगाडी सारेको छ । समितीले अन्यायमा परेका तमाम मिटर व्याजी र ठगीका घटनालाई जनता माझ पुर्याउदै पिडा र संघर्षका कार्यक्रम उजागर गर्ने पहल गर्ने भएको संयोजक निरौलाले बताईन ।

छुटाउनुभयो कि ?

आर्थिक महिला/बालबालिका

विलिभर्स स्कुलले अभिभावकलाई सिकायो अचार बनाउने सीप

धरानः धरान–५ स्थित डिपी विलिभर्स स्कुलका अभिभावकहरूको लागि एकदिने खाद्य स्वच्छता तथा अचार बनाउने तालिम सम्पन्न भएको छ ।स्कुलका प्राचार्य
आर्थिक

पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरि निगमले मूल्य घटाएको