
धरान: किराँत राई समुदायको महान सांस्कृतिक पर्व उभौली २०८२ को अवसरमा महेन्द्र बहुमुखी क्याम्पस, धरानमा साकेला सिली नृत्य भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष श्री प्रसान राईले गर्नुभयो भने, मुख्य अतिथिको रूपमा क्याम्पस प्रमुख श्री चन्द्र कुमार राईको विशेष उपस्थिति रहेको थियो।
अतिथिहरूमा स्ववियुका कोषाध्यक्ष आलोक लिम्बु तथा सदस्यहरू समीर खापुङ लिम्बु, इन्सान राई, ज्ञानेस राई, स्मृति राई, वीरेन्द्र घिसिङ तामाङ, म्हार म्हेन्दो तामाङ, विपिन लिम्बु, माधवकुमार मगर, सुदिपहाङ राई र दिक्षा सुवेदीको उपस्थिति रहेको थियो। त्यसैगरी, स्ववियुका निवर्तमान उपाध्यक्ष श्री दिलबहादुर राईको उपस्थिति रहेको थियो।
सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षण साकेला सिली नृत्यमा नेतृत्व रिसप राईले गर्नु भएको थियो। उहाँले परम्परागत चाल र लयमा टोलीको उत्कृष्ट रूपमा अगुवाइ गर्दै साकेला सिलीलाई जीवन्त प्रस्तुति दिनुभएको थियो।
कार्यक्रम सञ्चालनको जिम्मेवारी स्ववियु सहायक सचिव इन्द्रमणि गुरुङले कुशलतापूर्वक वहन गर्नुभएको थियो। उहाँको प्रभावशाली प्रस्तुति र संयोजनले कार्यक्रमलाई अझ आकर्षक र व्यवस्थित बनाएको थियो।