Uncategorized

१०औं बास्केटबल ट्यालेन्ट हन्ट सम्पन्न


धरान बास्केटबल संघको आयोजना, सुनसरी बास्केटबल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा सञ्चालित १०औं बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प मंगलबार सम्पन्न भएको छ।

वैशाख ३ गतेदेखि सुरु भएको सो प्रशिक्षण क्याम्पमा ५० जना विद्यार्थी प्रशिक्षार्थीले सहभागिता जनाएका थिए। बास्केटबल खेलको विकास तथा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले संघले विगत १३ वर्षदेखि नियमित रूपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आएको छ।

कार्यक्रम मुख्यतया एसईई दिएका विद्यार्थीलाई लक्षित गरिएको थियो, कक्षा ४ सम्मका विद्यार्थीहरूले समेत प्रशिक्षणमा सहभागिता जनाएका थिए।

सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीका अनुसार, ट्यालेन्ट हन्टमा सहभागि भएका एसईई दिएका उत्कृष्ट विद्यार्थीहरूलाई धरानका विभिन्न कलेजहरूमा छात्रवृत्तिका लागि सिफारिस गरिनेछ। साथै, उनीहरूको प्रशिक्षण एसईईको नतिजा प्रकाशित नभएसम्म निरन्तर जारी रहने अध्यक्ष सुवेदीले जानकारी दिए।

समापन कार्यक्रममा अध्यक्ष सुवेदी र ट्यालेन्ट हन्टका मुख्य प्रशिक्षक विकास चाम्लिङ राईले सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

प्रशिक्षण क्याम्प धरान–१६ स्थित धरान रंगशालाको इनडोर बास्केटबल कोर्टमा सम्पन्न भएको थियो।
यसअघि सम्पन्न नवौं ट्यालेन्ट हन्टबाट छनोट भएका करिब दुई दर्जन महिला र पुरुष विद्यार्थी हाल धरानस्थित मेघा हिमालयन कलेज र डिपो स्कुलमा कक्षा ११ मा अध्ययनरत छन्। उनीहरूलाई कक्षा ११ र १२ मा छात्रवृत्ति प्रदान गरिएको छ।

छुटाउनुभयो कि ?

Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा
Uncategorized

वैश्य युवा संघद्वारा प्रथम खिचडि उत्सव आयोजना

देशभर आज सोमबार मगर जातिले ल्हेस- २०८० र थारु जातिले माघी पर्व र अन्य जातीहरुले मकर सँक्रानति रुपमा मनाई रहदा