राजनिती

पहिचानको मुद्धा दरिलो बनाउनकै लागि माओवादीले अभियान चलाएको हो–प्रचण्ड


धरान: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आदिवासी जनजाति, उत्पीडन समुदाय लगायतका उपेक्षामा परेका समुदायहरुको एजेण्डालाई बलियो बनाउन नसकेकै कारण अहिले त्यसलाई मजबुत बनाउन माओवादी केन्द्रले अभियान थालेको बताउनु भएको छ ।
किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनको उद्घाटनमा धरान आउनु भएका अध्यक्ष दाहालले धरानको भानुचौकमा आयोजित कार्यक्रममा यस्तो बताउनु भएको हो । उहाँले अहिले पहिचानका मुद्धा ओझेलमा परेका कारण यसलाई पेचिलो बनाएर लानुपर्ने आवश्यकता महसुस गरी माओवादी केन्द्रको केन्द्रीय बैठकले अभियान अगाडि बढाएको स्पष्ट पार्नुभयो ।
उहाँले धरानका मेयर हर्कराज राईलाइ साम्पाङ्गलाई लोकतान्त्रिक विधिबाट मेयर बनेर आउनु भएको इंगित गर्दै उट्पट्याङ छोडेर लोकतान्त्रिक विधिलाई अनुशरण गरेर हिड्न आग्रह गर्नुभयो । उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि अहिलेको सरकार सबैभन्दा निरीह बनेको स्पष्ट पार्नुभयो । उहाँले पहिचानको मुद्धा दरिलो नभएकै कारण राजावादीहरुले टाउको उठाउने दुष्हास गरेको समेत स्पष्ट पार्नुभयो , उहाले संविधान संसोधन गर्दा जनताको हितमा हुने गरी गर्नुपर्ने बताउदै आगामी हुने निर्वाचनमा माओवादी केन्द्रलाई वहुमत दिएको खण्डमा पहिचानका मुद्धा दरिलो भएर जाने बताउनुयो ।
यस्तै नेकपा माओवादी केन्द्रका एक नं. पार्टी इन्चार्ज हरिबोल गजुरेलले पहिचानको मुद्धालाई माओवादी पार्टीको प्रमुख मुद्धाको रुपमा रहेको स्पष्ट पार्नुभयो ।
सम्मेलनमा किराँती र लिम्बुवान मोर्चाका प्रतिनिधि र पर्यवेक्षक सहित विभिन्न जातीय संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद