
धरान १६ स्थित रंगशालामा बिहिबार भएको फाइनल खेलमा वडा नं १४ ले १५ लार्ई ०–१ गोल गर्दै उपाधि उचालेको हो ।
अत्यन्तै प्रतिष्पर्धात्मक सो खेलमा जित हात पारेसँगै वडा नं. १४ दुई पटकको विजेता बनेको छ । १४ लै यस अगाडि २१ औं संस्करणमा पनि उपाधि उचालेको थियो । १४ नंं. लागि खेलको इन्जुरी समयमा विवेक राईले गरेको गोल नै निर्णय बनेको थियौ । त्यसपश्चात दबाबमा रहेको वडा नं. १५ ले आक्रमक ढंगबाट गोल फर्काउन गरेको प्रयास असफल भएपछि १४ को लागि जित पक्का भएको हो ।
विजेता बनेसँगै १४ ले ट्रफीसँगै नगद १ लाख ५० हजार हात पार्यो भने उपविजेता बनेको वडा १५ ले नगद ७५ सहित ट्रफीमा चित्त बुझाउन बाध्य बनेको थियो ।
पुरस्कार राशीमा गोधुलीले दिएको राशीमा थप गर्दै वडा नं १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) का पिताले विजेता र उपविजेता दुवै टिमलाई २५/२५ हजार थप गरेपछि विजेताले नगद १ लाख ७५ हजार र उपविजेताले नगद १ लाख रुपैया पाएको थियो ।
प्रतियोगितामा प्लेयर अफ द म्याच वडा १४ का आशिष पुरी घोषित हुदै नगद ५ हजार ५ सय प्राप्त गरे भने तियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुदै वडा नं १४ का विवेक राईले नगद १५ हजार र ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको बेष्ट गोलकिपर वडा १४ का राजु खड्का, बेष्ट डिफेन्डर वडा १५ का आशुतोष राई, बेष्ट मिडफिल्डर वडा १५ का एरिक गुरुङ, बेष्ट स्ट्राइकर वडा १४ का निमेष तामाङ र बेष्ट कोच पनि वडा १४ का शिव राई हुदै जनही नगद ५ हजार ५ सय र ट्रफी हात पारेका छन् ।
प्रतियोगिताको सर्वाधिक गोलकर्ताको उपाधि वडा १७ का कृष्ण राईले पाएका थिए । उनले प्रतियोगिताभरि ४ गोल गरेका थिए । सर्वाधक गोलकर्ता भएका राईले नगद ७ हजार ५ सय प्राप्त गरे भने राइजिङ प्लेयरको पुरस्कार वडा १७ का सुवास बिक घोषित हुदै नगद ५ हजार ५ सय पाए । धरान १७ फेयर प्ले बनेकोछ ।
गोधुली क्लवलाई पत्रकारीता क्षेत्रबाट योगदान पुराए बापत २५ औं गोधुली कपको अवसरमा धरानका पत्रकार सुक्रान्त राईलाई नगद सहित प्रमाण पत्र र दोसला ओडाएर सम्मान गरिएको थियो।
विजेता र उपविजेता तथा व्यक्तिगत पुरस्कारहरु आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसी, प्रमुख अतिथि एवं धरानका मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रबिक्रम बेघा, पुर्वमेयर तिलक राई, वडाअध्यक्षहरु कृष्ण भट्टराई, विवेक राई, गल्फ संघका अध्यक्ष एवं सर्वोत्कृष्ट खेलाडी पुरस्कारका प्रायोजक जितेन्द्र राईलगायतले पुरस्कार विरतण गरेका थिए ।
पहिलो पटक रात्रीकालिन फुटबल प्रतियोगिता आयोजना भएको गोधुलीको २५ औं सँस्करणको फाइनल खेल हुनु अघि गायिकका तृष्णा गुरुङले प्रस्तुति दिनुभएको थियो ।