
धरान: सरकारले ल्याएको विद्येयकले मुलुक अधिनायकवादतर्फ धकेलिएको माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनु भएको छ ।
पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहनु भएका नेता श्रेष्ठले विद्येयक पास भएको खण्डमा लोकतन्त्र खतरामा पर्नसक्ने बताउनुभयो ।
नेता श्रेष्ठले नेकपा माओवादी केन्द्र धरान उपमहानगर कमिटीले धरानको होटल गोरखामा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले अहिले ६ वटा विद्येयक राष्ट्रिय सभामा गइसकेको बताउदै यो विद्येयक पास भएमा देशमा तानाशाही प्रवृत्ति बढाउने बताउनु भयो । उहाँले पार्टीलाई बन्देज गर्न ल्याएको थ्रेसहोल्ड देखि सामाजिक सञ्जाल नियमनमा आएको विद्येयकले अहिले सरकारमा बसेकाहरुले तानशाही लाद्न खोजेको बताउदै यस्ता तानाशाहीका कारण जनताको बलिदानीबाट ल्याएको लोकतन्त्र खतरामा पर्न सक्ने बताउनुभयो ।
उहाँले पछिल्लो समय ताप्लेजुङको मनकामनामा बन्न लागेको केवलकार निर्माणमा सम्बन्धमा माओवादी केन्द्रले आफ्नो धारणा पेश गरिसकेको बताउदै बलजफत ढंगबाट नभई सबैसँग छलफल गरेर उचित निकास निकालेरमात्र केवलकार निर्माणमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
भर्खरैमात्र पूर्व राजाले दिएको वक्तव्यप्रति इंगित गर्दै नेता श्रेष्ठले लोकतन्त्रवादी एक ठाउँमा नउभिएकै कारण लोकतन्त्रविरोधीहरुले टाउको उठाउने काम गरेको बताउनुभयो । उहाँले माओवादी केन्द्रले अहिले भ्रष्टाचार, बेथिति र निरकुंशताका विरुद्धमा अभियान चलाएको बताउँदै अहिले माओवादी केन्द्र सरकारमा नभएका कारण सदन केन्द्रित आन्दोलनलाई अगाडि बढाएको बताउनुभयो ।
नेता श्रेष्ठ धरान ८ एलम्बर पार्कबाट विहान मर्निङवाक गर्दै धरान १२ मा रहेको होटल गोर्खामा पुग्नु भएको थियो । पत्रकार सम्मेलनपश्चात उहाँले सोही होटलमा कार्यकर्तासँग भेटघाट समेत गर्नुभएको थियो ।
भिडियो पनि हेर्नुस: