मनोरञ्जन समाचार

विजनेश एक्स्पोमा आज गायक एकदेव लिम्बूले प्रस्तुती दिदै



धरान: गायक एकदेव लिम्बूले आज धरानमा जारी विजिनेश एक्स्पोमा प्रस्तुत दिने भएकाछन् । लिम्बूले गाएको गीत शिरफूललाई युटुवमा ८ दशलव ६ मिलियन अर्थात ८६ लाख दर्शक स्रोताको भ्युज पाएकोछ ।
युवा पुस्तामा लोकप्रिय तिनै पूर्वेली गायक एकदेव लिम्बू एक्स्पोमा एकल प्रस्तुति दिने भएका छन । लिम्बूका अन्य गीतहरु फिजेको केशलाई दश मिलिएन अर्थात १ करोडले हरेका छन्, त्यस्तै आहै, तिम्रो मुटुमा लगायत दर्जनौ गीतहरु उतिकै रुचाइएका गीतहरु हुन् ।
धरानेको मागभए अनुसार एकदेव लिम्बूलाई निम्तो गरिएको सिल्भर इन्टरटेइनमेन्टका निर्देशक शौरभ श्रेष्ठले बताउनुभयो । लोक आधुनिक तथा पप फ्लेभरका गायक लिम्बूप्रति युवा क्रेजलाई ध्यानमा राखेर बोलाइएको श्रेष्ठले बताए ।
सांगीतिक दुनियाँमा पछिल्लो पुस्ताले मनपराएका गायक लिम्बू गायकीसंगै समाजसेवामा पनि उक्तिकै सक्रिय रहेकाछन् । केही समय अघिमात्रै अपाङ्गता भएकी एक युवतीको घरमै च्यारिटी कन्सर्ट गरेर उठेको रकम सहयोग गरेका थिए ।
धरानको व्यापार व्यवसायलाई चलायमान बनाउन र स्थानीय व्यापारिक उत्पादनलाई प्रवर्धन गर्दै धरानको आन्तरिक पर्यटनलाई वृद्धि गर्ने उदेश्य सहित विजिनेश एक्स्पो धरान २०८१ प्रारम्भ गरिएको नेपाल उद्योग तथा व्यवसायी महासंघ धरानका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी गराउनुभयो ।
फागुन १० गतेसम्म सञ्चालन हुने एक्स्पोमा प्रत्येक दिन चर्चित कलाकारहरु प्रस्तुत गरिएको पनि श्रेष्ठले जानकारी गराउनुभयो ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता