मनोरञ्जन समाचार

सामाजिक कार्यमा सक्रिय बन्न प्रेरित गर्दै “चौकीबारी साँझ” आयोजना

धरान: महाशिवरात्रीमा युवाहरु गाँजा, भाङ, धतुरो खाएर लठ्ठ पर्ने गर्छन् । यस दिन गाँजाको सेवन गरेन भने शिवरात्री पर्वको सार्थकता हुदैन भन्ने मान्यता युवामाझ प्रचलित भइसकेको छ । तर यो मान्यतालाई तोड्दै शिवरात्रीका दिन चौकीबारी युवा समाजले चौकीबारी साँझको आयोजना गर्ने भएको छ ।
‘चौकीबारी साँझ २०८१’ अन्तर्गत समाजले आफ्नो वडामा रहेका स्वर्णपदक विजेता खेलाडीलाई नगद सहित सम्मान, ८५ बर्ष उमेरमाथिका जेष्ठ नागरिकलाई सम्मानसहित दुव्र्यसनबाट पीडित भएका विपन्न परिवारका ३ जना युवाहरुलाई सुधार केन्द्रमा निःशुल्क ६ महिना राखिदिने र ३० घर परिवारलाई निःशुल्क स्वास्थ्य विमा गरिदिने आयोजक समितिका अध्यक्ष उत्तम तामाङले जानकारी दिनुभयो ।
“खेलाडी र कलाकारहरुलाई प्रोत्साहन, जेष्ठ नागरिकहरुलाई सम्मान” भन्ने उदेश्यका साथ यही फागुन १४ गते शिवरात्रीको अवसरमा “चौकीबारी साँझ २०८१” को आयोजना गरिएको उहाँको भनाई छ । धरान १९ स्थित जिमी चोकमा अपरान्ह ३ बजेदखि सञ्चालन हुने कार्यक्रममा मुख्य कलाकारका रुपमा नेपालकै चर्चित पप स्टार धिरज राई र सोलो गायक धिरेन्द्र मालाकारको जोडदार प्रस्तुत रहनेछ ।
यसैगरि स्थानीय ब्याण्डहरु उर्जा ब्याण्ड, पुरानोकुपी, बदमास, द एलाइजका कलाकारहरुले समेत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै युनाइडेड मल्टिडान्स सेन्टरका कलाकारहरु, वडाका कलाकारहरु रिङछिङ गुरुङ र सरु राईको नृत्य सँगै हेटौँडाका र्‍यापर एमएसडी, स्थानीय र्‍यापरहरु वाजालुरे, गेन्जी फुजियाको जोडदार प्रस्तुति रहने समाजका सचिव सुनिल सुब्बाले जानकारी दिनुभयो ।
कार्यक्रमका लागि १६ लाख ८० हजार खर्च अनुमान आयोजकले गरेको छ । कार्यक्रमका लागि धरान १९ का हङकङ, कोरिया, बेलायत र अष्ट्रेलियामा रहेका धरानबासी सहयोग रहने समाजले जनाएको छ । त्यस्तै संस्थागत रुपमा धरान उपमहानगरपालिका, १९ नं. वडा समिति, भिजन फिट्नेस धरान, क्रन्च फिट्नेस धरान ८, हरियाली सामुदायीक बन, चौकीबारी महिला समुह धरान १९ लगायतको सहयोग रहेको आयोजकले जनाएको छ ।

छुटाउनुभयो कि ?

मनोरञ्जन समाचार सौन्दर्य

निवा लिम्बू बनिन् दोस्रो मिस धरान आइकन- २०२३

तपाईं धरानको नगर प्रमुख हुनु भयो भने के गर्नुहुन्छ ? मुख्य निर्णायक गगनमान श्रेष्ठको प्रश्नको सटिक उत्तर प्रस्तुत गर्दै धरान
मनोरञ्जन समाचार

परदेशी २ चलचित्र टिम धरानमा

नेपाली कथानक चलचित्र “परदेशी २” अल नेपाल रिलिज हुने भएको छ।चलचित्र प्रमोशनका क्रममा नायक नायिका सहित धरान आईपुगेका चलचित्रका निर्माता