शिक्षा

चार बुदें सहमती पछि महेन्द्र क्याम्पस धरानका विद्मार्थी नेताहरुले अनसन तोडयो

धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका चार विद्मार्थी संगठनका अध्यक्षहरुले बुधवार बिलुकी ८ बजे क्याम्पस प्रशासन र स्वतन्त्र विद्मार्थी युनियन ( स्वबियु) संग ४ बुंदे सहमती भएपछि आमरण अनसन तोडेका छन।

लामो समय देखि आन्दोलन गर्दै आएको र कुनै माग सुनुवाई नभएको भन्दै मंगलबार बिलुकी ५ बजे देखि क्याम्पस परिसरमा नेविसंघ महेन्द्र क्याम्पस सभापति विनोद आले मगर अनेरास्ववियु महेन्द्र क्याम्पस कमिटी का. अध्यक्ष सविन श्रेष्ठ, अखिल (क्रान्तिकारी) महेन्द्र क्याम्पस अध्यक्ष विपिन लिम्बु, समाजवादी विद्यार्थी महेन्द्र क्याम्पस अध्यक्ष सविरसिं यक्सो लिम्बुले ५ बुंदे माग राखेर आमरण अनसनमा बसेका थिए।

स्ववियुले आर्थिक अनियमितता गरेको कारण तत्कालका लागि क्याम्पस प्रशासनले स्ववियुको खातामा रकम हस्तान्तरण गर्न नहुने । आर्थिक पारदर्शी र जवाफदेही नबनि स्ववियुले कुनै पनि गतिविधि गर्न नपाउने। स्नातकोत्तर तहका विद्यार्थीहरुलाई निःशुल्क छात्रावृति प्रदान गर्न शुरु गर्नु पर्ने । छात्रावृतिको व्यवस्था गर्नुपर्ने । स्नातक तह अन्तर्गत शिक्षाशास्त्र संकायका विद्यार्थीहरुलाई पनि सोसरह २०% छात्रावृत्ती दिनु पर्ने स्ववियुले आफ्नो कार्यकालमा प्रत्येक विद्यार्थीबाट लिइदै आएको स्ववियु शुल्कको रकम रु.१०० बाट बृद्धि गरी रु.५०० पुर्याएको शुल्क तत्काल घटाएर रु १०० बनाउनु पर्ने माग राखेर आमरण अनसनमा बसेका थिए।

आज बुधबार बिहान १० बजे देखि क्याम्पस प्रमुख, क्याम्पस प्रशासन, शिक्षक संघ, स्वबियु पदाधिकारी, आन्दोलनरत ४ विद्मार्थी संगठनको प्रतिनिधि र राजनिती दलका प्रतिनिधीहरुको विभिन्न चरणको बार्ता छलफल पछि रातको ८ बजे सहमती जुटेको हो।

बार्ता बाट विद्यार्थीहरुबाट लिइदै आएको स्ववियु शुल्क रु. ५०० बाट घटाएर रु. २०० बनाउने। स्नातकोत्तर तहका विद्यार्थीहरुलाई १० प्रतिसत छात्रावृत्ति प्रदान गर्ने।
बि एड का विद्यार्थीहरुलाई बिबिएस र बिएका विद्यार्थीहरुलाई सोसरह २० प्रतिसत निःशुल्क छात्रावृत्ति प्रदान गर्ने जसको लागि विद्यार्थी कल्याणकोष प्रयोग गर्ने। बि एड लाई पनि नियमित कार्यक्रम बनाउन पहल गर्ने। स्ववियुले क्याम्पस प्रमुखको रोहबरमा समिति बनाएर १० दिन भित्र आर्थिक पारदर्शिता देखाउने सहमती भएको नेबिसंघ बार्ता टोलीका प्रतिनिधि आलोक लिम्बुले जानकारी दिनु भएको छ।

अनसन कै क्रम्मा स्वास्थ्यमा समस्या आएपछि अनेरास्ववियु महेन्द्र क्याम्पस कमिटी का.अध्यक्ष सविन श्रेष्ठ र समाजवादी विद्यार्थी महेन्द्र क्याम्पस अध्यक्ष सविरसिं यक्सो लिम्बुलाई बिपि प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो। २८ घण्टा भएको अनसन सहमती भएपछि अनसनरत चार विद्मार्थी संगठनका अध्यक्षहरुलाई क्याम्पस प्रमुख चन्द्र कुमार राई र स्वबियु सभापती युबराज राईले जुस खुवाएर अनसन तोडाएको थियो।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई