
बराहक्षेत्र नगरपालिका कोशी पुल छेउमा पिकअप भेनले स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालकको मृत्यु भएको छ ।
बराहक्षेत्र नगरपालिकाबाट धरानतर्फ आउँदै गरेको प्र.नं. १ –०२–००२ च ५४७९ को पिकअफ भेनले सोही दिशा तर्फ आउदै गरेको प्र.न.१ –०२–०५१प ४९९५ नम्बरको स्कुटरलाइ ठक्कर दिदा स्कुटर चालक धनकुटा जिल्ला शहिदभुमी १ बस्ने बर्ष २५ को समर राई सख्त भएका थिए ।
घाइते राइलाई उपचारका लागि बराहक्षेत्र १ मा रहेको चतरा अस्पतालमा तत्काल उपचारका लगिए पनि उनको मुत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । मृतक राईलाइ पोष्टमोर्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको प्रहरीले जनाएको छ ।