शिक्षा

११ औं युनाईटेड गोर्खा एकडेमी कप सुरु

धरान – १५ स्थित युनाईटेड गोर्खा एकडेमी बोड्ङि स्कुलको आयोजनामा जिल्ला स्तरीय अन्तर स्कुल छात्रा छात्र भलिबल प्रतियोगिता सुरु भएको छ । आज बुधबार देखि सुरु भएको प्रतियोगिता युनाईटेड गोर्खा एकडेमी कप २०८१ को ११ औं संस्करण हो ।
जिल्ला स्तरीय अन्तर स्कुल छात्रा छात्र भलिबल प्रतियोगिता युनाईटेड स्कुल परिसरमा भएको छ । प्रतियोगितामा २२ विद्यालयबाट ३७ टिम सहभागी रहेका छन । प्रतियोगितामा २० वटा छात्र टिम र १७ वटा छात्र टिम रहेको प्रतियोगिता संयोजक कर्मा शेर्पाले बताए ।
खेलको समुद्धघाटन धरान उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मनप्रसाद लिम्बुले गरेका थिए । उद्धघाटन खेलको अध्यक्षता स्कुलका अध्यक्ष नारायण प्रसाद राईले गरेका थिए ।
बुधबार भएको उद्घाटन खेलको छात्रा तर्फ सयपत्री बोडिङ स्कुल ईटहरी, लर्ड बुद्ध ईन्टरनेशनल स्कुल रामधुनी, ज्ञानोदय मावि धरान १७, हिमशिखर सेकेन्डरी स्कुल ईटहरी बिजयी भएका छन । भने छात्र तर्फको खेलमा स्रकेड हर्ट ईग्ङलिस बोडिङ स्कुल, जनता सेकेन्डरी स्कुल ईटहरी, बाल बिकास ईग्ङलीस बोडिङ स्कुल पकली, पूर्वाञ्चल ईग्ङलीस बोडिङ स्कुल तरहरा, सुम्निमा ईग्ङलीस बोडिङ स्कुल धरान, लर्ड बुद्ध ईन्टरनेशनल स्कुल रामधुनी बिजेता भएका छन ।
पहिलो दिनको खेलको म्यान अफ द म्याच छात्रा तर्फ सयपत्री बोडिङ स्कुलका प्रसङ्गा राई, लर्ड बुद्ध स्कुलका स्वच्छा चौधरी, ज्ञानोदय माविका छात्रा रश्मी राई, हिम शिखर तरहराका अनिता तामाङ भएका छन । भने छात्र तर्फको म्यान अफ द म्याच समिट स्कुलका शुभम शाह,जनता स्कुलका कमल श्रेष्ठ, सुम्निमा स्कुलका मिसेक लिम्बु, तरहरा मोडलका मिलन कार्की भएका छन । उनीहरुले नगद १२ सय रुपैया सहित मेडेल प्राप्त गरेका छन ।
प्रतियोगिताको पहिलो दिनको खेलमा छात्रा तर्फ ८ वटा विद्यालयको र छात्र तर्फ १२ वटा स्कुलबिच प्रतिस्पर्धा भएको थियो । पहिलो दिनको छात्रा तर्फको खेलबाट सयपत्री बोड्ङि स्कुल ईटहरी, स्रकेड हर्ट ईग्ङलिस बोडिङ स्कुल, तरहरा मोडल स्कुल तरहरा, हाम्रो बोडिङ स्कुल ईटहरी प्रतियोगिताबाट बाहिरीएको छ भने छात्र तर्फको खेलबाट समिट बोडिङ स्कुल धरान, बिश्व आर्दश स्कुल ईटहरी, हाम्रो बोडिङ स्कुल ईटहरी, ज्ञान दपर्ण एकेडेमी तरहरा, आईडियल ईग्ङलिस बोडिङ स्कुल धरान, तरहरा मोडल एकेडेमी तरहरा प्रतियोगिताबाट बाहिरीएको छ ।
प्रतियोगितामा युनाईटेड गोर्खा एकडेमी स्कुल धरान, सुम्निमा सेकेन्डरी बोडिङ स्कुल धरान, हिम शिखर ईग्ङलिस बोड्ङि स्कुल तरहरा, डिपोट स्कुल धरान, धरान आर्दश बोडिङ स्कुल धरान, तरहरा मोडल स्कुल तरहरा, बालबिकास स्कुल पकली, पूर्वाञ्चल स्कुल तरहरा, समिट बोडिङ स्कुल धरान, लड् बुद्ध एकेडेमी झुम्का, ज्ञानोदय मावि धरान, सेक्रेड हर्ट ईग्ङलिस स्कुल ईटहरी, नमुना एकेडेमी तरहरा ,हाम्रो बोडिङ स्कुल ईटहरी, सारादा बालिका स्कुल धरान, बिश्व आर्दश ईटहरी, ज्ञान दपर्ण एकेडेमी तरहरा, नव किरण ईग्ङलिस स्कुल रामधुनी, सयपत्री मावि पानवारी, आईडियल ईग्ङलिस बोडिङ स्कुल धरान, जनता मावि ईटहरी सहभागी रहेका थिए । प्रतियोगिता माघ २३ गते देखि २६ गते सम्म सञ्चालन हुने भएको छ ।
बिजेताले नगद २५ हजार ,उपबिजेताले २० हजार तेस्रोले १५ हजार सहित ट्रफी, मेडल सहित प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक कर्म शेर्पाले बताए ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई