शिक्षा

होलील्याण्ड वोडिङ स्कुलको वार्षिक उत्सवमा पूर्व विद्यार्थी सम्मानित


धरान: होलील्याण्ड इन्टरनेशनल स्कुल धरान– १५ ले आफ्नो बार्षिकोत्सबका अवसरमा पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
स्कुलले बुधवार एक कार्यक्रमको आयोजना गरी पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका माननीय रमेश कुमार वस्नेतले सम्मान पत्रले सम्मान गरेका थिए ।
स्कुलमा अध्ययन गरेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा योगदान गरेका विद्यार्थीहरुलाई स्कुलले सम्मान गरेको थियो ।
आफ्नो विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु स्वास्थ्य तथा विभिन्न सरकारी क्षेत्रमा प्रवेश गर्नेहरुलाई सम्मान गरीएको स्कुलका निर्देशक अर्जुन मेन्याङ्वो जानकारी दिए ।
स्कुलले हरेक वर्ष वार्षिक उत्सवका अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।

उक्त कार्यक्रममा २०८० सालको वार्षिक परीक्षामा पहिलो, दोश्रो र तेश्रो हुने नर्सरी देखि कक्षा–११ सम्मका बिद्यार्थीहरु र बार्षिक खेलकुदमा उत्कृष्ट हाउसलाई पुरस्कार र प्रमाण–पत्र बितरण गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि माननीय रमेश कुमार वस्नेतले नीजि स्कुलहरुले औपचारीक शिक्षाका लागि मात्र नभएर विद्यार्थीरुको सर्वाङ्गिण विकासको लागि काम गरीरहेको वताए ।
वस्नेतले समाजबाट हराउदै गएको संस्कृतिको संरक्षणमा पनि नीजि विद्यालयको महत्वपूर्ण भूमिका रहेको वताए । उनले शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्‍याएको वताउदै समुदायमा शिक्षाको प्रभाव छरेको दावी गरे ।

उनले समुदायसंग मिलेर नीजी विद्यालयहरु अघि वढेको वताउदै पढाईका अतिरिक्त विभिन्न क्षेत्रमा समेत नीजी विद्यालयले विद्यार्थीहरुलाई अघि वढाएको उल्लेख गरेका थिए ।
धरानमा अन्य क्षेत्रका भन्दा फरक विशेषता भएका कलेजहरु भएको कारण पनि धरानलाई शैक्षिक हवको रुपमा मानिएको वस्नेतको भनाई रहेको छ ।
श्यामचोक युवा समाजका अध्यक्ष ललित योन्जन, श्यामचोक समाजका अध्यक्ष दिनेश रानामगर, लगायतले बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरेका थिए ।

उक्त कार्यक्रममा बिद्यार्थीहरुले आकर्षक नृत्य, र गीत प्रस्तुत गरि अभिभावकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिए ।

स्कुलका अध्यक्ष खगेन्द्र मेन्याङ्वोको अध्यक्षतामा भएको सो कार्यक्रममा स्कुलका प्रिन्सिपल राजकुमार लिम्वुले स्वागत गरेका थिए ।
कायक्रममा स्कुलका निर्देशक अर्जुन मेन्याङ्वोले राष्ट्रलाई आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको वताए ।
कार्यक्रमको संचालन हरीनारायण बास्कोटा र शारदा श्रेष्ठले संयुक्त रुपमा संचालन गरेका थिए ।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई