धरान: किरातीहरुको नयाँ बर्ष एलम्बर सम्बत ५०८५ को अवसरमा किरात राई यायोक्खा सुनसरीले आयोजना गरेको सप्ताव्यापी कार्यक्रमको छैटौ दिन धरान २० चिण्डेडाँडा बाट ८५ वटा वेलुन उडाउने कार्यक्रम सम्पन्न भएको छ।
उक्त वेलुन उडाउने कार्यक्रममा बोल्दै प्रमुख अतिथि किराया केन्द्रीय समिति सदस्य मानभगत चाम्लिङले “यहाँको बास्ताबिक नयाँ बर्ष चाहिँ यले दोङ यलम्बर सम्बत ५०८५ नै हो, विश्वको प्राचीन सम्बत भएको पुष्टीनै भएको छ, यलम्बर सम्बतलाई राज्यले मान्यता दिनु पर्छ यदि राज्यले मान्यता दिएन भने जस्तो सुकै आन्दोलन गर्न किरात राई समुदाय तयार रहनु पर्ने बताउनु भएको छ”।
उहाँले दमकको छैटौ सम्मेलन बाट पारित गरेको किरात स्वायत राज्य प्राप्तीको संघर्षमा नै रहेकोले किरात स्वयता सहितको अधिकार प्राप्तीको लागी अगाडि बढ्दै गर्दा किरात राज्यको मुद्वामा अहिले पहिचानको आन्दोलनमा रहेकोले किरात राईहरु एक भएर अगाडि बढनु पर्ने बताउनु भयो।
किराया सुनसरीका अध्यक्ष राजेन्द्र राईले आफ्नो प्रतिक्रिया दिदैँ भने–‘यले दोङ नेपालको मौलिक सम्बत् भएकोले राज्यले यसलाई आधिकारिक रुपमा सम्मान गर्नुपर्छ । हामीले गरिरहेको गतिविधि यले दोङलाई स्थापित गराउने अभियान हो ।’
उक्त स्थान सुम्नीमा पारुहाङ प्रतिमा निर्माणको लागि प्रस्ताबित ठाउँ पनि हो। किरायो सुनसरीको जिल्ला कार्यसमिती, नगरसमिती र वडाकार्यसमितीका प्रतिनिधीहरुको उपस्थीती रहेको थियो।