शिक्षा

“धरान प्लस टु अरेटरी च्यालेन्ज”मा १७ प्रतिष्पर्धी सेमी फाईनलमा प्रवेश

“धरान प्लस टु अरेटरी च्यालेन्ज” को मङ्गलबार सम्पन्न पहिलो अडिसनबाट १७ जना प्रतिष्पर्धीहरु सेमि फाईनलका लागि छनोट भएका छन।

-याडिकल लाईट नेपाल प्रा.लि.धरानले धरान-८ स्थित सहिद स्मृति मा.बि.को सभाहलमा आयोजना गरेको अडिसनबाट १७ जना सेमि फाईनलमा प्रबेश गरेका हुन।सेमि फाईनलमा प्रबेश गर्नेहरुमा शिक्षा निकेतन मा.बि.का पुजा लम्साल र लाक्पा तामाङ, पब्लिक हाई स्कुलका आयुष कटवाल र चन्द्रकला राई, सियोन स्कुलका सोनिया नेपाली, शारदा बालिका नमुना मा.बि.का सृष्टि लुईटेल रहेका छन।
यसैगरी धरान आदर्श बोर्डिङ मा.बि.का राज कट्टेल र आकृति शंकर, शिक्षा सन्देस सेकेण्डरी बोर्डिङका देबका कार्की, पब्लिक मा.बि.फुस्रेका खुश्बु शर्मा र बाल कुमार राई, डिपोट सेकेन्डरी स्कुलका यसन राई र अनिशा श्रेष्ठ सेमिफाइनलमा प्रबेश गरेका छन।
अन्य सेमिफाइनलमा प्रबेश गर्नेहरुमा धरान-मेघा हिमालयनका क्याथ्रीन योन्जन, किरातेश्वर मा.बि.का दिपिशा राई, एम्स एकेडेमीका अदिति झा र धरान मा.बि.का स्मृति लिम्बु रहेका छन। सहभागिहरुले “बढ्दो भ्रष्टाचारले देश बिकासमा पार्ने असर” शिर्षकमा बोलेका थिए। बिद्यार्थीहरुको आत्माबिश्वासमा अभिबृद्धि गरी ब्यक्तित्व र नेतृत्व बिकास गर्ने उद्येश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले बताए।

प्रतियोगिताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक राजेश बिद्रोही र सहिद स्मृति म.बि.का शिक्षक टंक भट्टराई थिए। धरान उप-महानगरव्यापी अरेटरी च्यालेन्जमा धरानका बिभिन्न बिद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत २३ जना बिद्यार्थीहरुको सहभागिता थियो। कार्यक्रममा सहिद स्मृति मा.बि.का प्रधानाध्यापक राम बहादुर बिष्ट र रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरबमान श्रेष्ठको उपस्तिथि थियो। सो कार्यक्रमको सन्चालन आहाना प्रधानले गरिन।

छुटाउनुभयो कि ?

शिक्षा

एस.ई.ई.स्पिकर-२०८१ को उपाधी ममता तामाङले जितेकी छिन

धरान: -याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको कोशी प्रदेस स्तरीय एस.ई.ई.स्पिकर-२०८१ को उपाधी धरान-६ पानबारी स्थित शिक्षा सन्देस बोर्डिङ्बाट
शिक्षा

शिक्षा सन्देस बोर्डिङद्वारा एस.ई.ई.उत्तीर्ण र स्पिकरका बिजेता विद्यार्थीलाई बधाई तथा सम्मान

धरान -६ पानबारी स्थित शिक्षा सन्देस सेकेन्डरी बोर्डिङ्ले २०८० सालको एस.ई.ई. दिएर उत्तीर्ण भएका र एस.ई.ई.स्पिकर २०८१ को बिजेता बिद्यार्थीलाई