धरान: पछिल्लो समय हरेक चाडपर्व समावेशी बन्दै गएको छ । आज मकर संक्रान्ति आदिवासी जनजातिको नयाँ बर्ष र मगर, थारु लगायतका जातिले पनि आ–आफ्नो पर्बको रुपमा मनाउदै आएको छ। मधेसी वैश्य समुदायले पनि खिचडी पर्ब रूपान्तर मनाएका छन।
खासगरी माघ १ गतेलाई माघे संक्रान्ति, मकर सक्रान्तिले समेत चिनिन्छ । यस दिन मधेशी समुदायले खिचडी पर्व मनाउने प्रचलन छ । विगतमा माघे संक्रान्तिका दिन घरमा खाइने खिचडी अहिले सामुहिक रुपमा कार्यक्रमको आयोजना गरेर खिचडी पकाएर सबैलाई प्रर्सादको रुपमा खुवाएर पर्व मनाउने प्रचलन बढेर गएको छ ।
यसै बीच विगतदेखि नै धरानमा बसोबास गर्दै आएका नेपाल वैश्य युवा संघ धरान नगर समितिले धरानमा सामुहिक रुपमा खिचडी पर्व मनाएका छन् । कार्यक्रममा सहभागी प्रमुख अतिथी, अथिति तथा अन्य सहभागीहरुलाई खिचडी खुवाएर यो पर्व मनाएका छ्न ।
सो अवसरम बोल्दै कोशी प्रदेशका सांसद रमेश बस्नेतले हरेक जातजातिको आ–आफ्नो पर्व हुने भएकोले मधेशी समुदायको खिचडी पर्व पनि मौलिक पर्व भएकोले यसको संरक्षण गरेर जानुपर्नेमा जोड दिनुभयो ।
नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र गोलेले राजनैतिक पार्टीले पनि समानुपातिक सहभागितालाई जोड दिँदै आएको बताउदै हरेक जातिका मौलिक पर्व त्यो जातिको पहिचान भएको बताउनुभयो ।
कार्यक्रममा धरान उपमहानगरपालिकाका अनुगमन समितीका संयोजक वेदराज सापकोटा लगायतको उपस्थितिमा भएको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष विजय शाहले गर्नुभएको थियो ।