
धरान: माघे सङ्क्रान्तिका दिन मनाइने सार ल्हेस मगर जातिहरूले धरानको सैनिक भवनमा भव्यताका साथ मनाएका छन् ।
नेपाल मगर संघ धरान नगर समितिको आयोजनामा भएको सो कार्क्रममा मगर जातिले विभिन्न पर्वहरूमा नाचिने हुर्रा, कोरा लगायतका सांस्कृतिक नाच प्रदर्शन गरेका थिए ।
कार्यक्रम बोल्दै मगर संघ धरान नगर अध्यक्ष चित्र मगरले जातीय पहिचानलाई जीवन्तता दिन मगरहरू सामूहिक रुपमा अगाडि आएको बताउनु भयो । उहाँले सामूहिक रुमा जातीय संस्कृति प्रदर्सनमात्र हैन आगामी दिनमा मगर जातिलाई समेटेर चलचित्र निर्माण गर्न लागिएको बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउनु भएका धरान उपमहानगरपलिका उपमेयर आइन्द्र विक्रम बेघाले हरेक जातिका सांस्कृतिक पर्वहरुलाई स्थानिय सरकारले अपनत्व गरेर जाने बताउनुभयो। उक्त कार्यक्रममा अन्य समुदायको समेत उपस्थिती रहेको थियो ।