धरान: कृषिलाई प्राथमिकताम राखेर विगत १४ बर्षदेखि निरन्तर सञ्चालन हुदै आएको धरान- ६ पानबारीमा रहेको सहभागी कृषि सहकारी संस्था लिमिटेडको कामप्रति त्यहाँ काम गर्ने सञ्चालक समिति, शेयर सदस्य तथा कृषि क्षेत्रमा लागेका कृषकहरु लाभान्वित बनेका छन् ।
देशका अन्य सहकारी संस्था बन्द हुने तथा बन्द भएर सर्वसाधारणको करोडौ रुपैया अपलचन गरेर फरार रहेको अवस्थामा यो सहकारी संस्थाले भने उदाहरणीय काम गर्दै आएको छ ।
धरान ६ पानबारीमा रहेको यो सहकारी संस्थाले आफ्नो १४ औं बाषिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । सो अवसरमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन्दसिं हाङ्गामले साधारणसभाको उद्घाटन गर्नुभएको थियो । उद्घाटनपश्चात बोल्दै मन्त्री हाङ्गामले सहकारी संस्थाहरु सरकारी नियन्त्रणभन्दा बहिर रहेको, बचतकर्ताको करोडौ रुपैया लिएर फरार रहेका घट्नाहरु भइरहदा यो संस्थाले गरेको कामप्रति आफू सन्तुष्ट भएको बताउनुभयो ।
उहाँले अन्यायमा परेका बचतकर्ताहरुको रकम नडुबोस् भन्नका खातिर प्रदेश सरकारले व्यवस्थापन समिति गठन गरेको र अब सहकारीमा भएका अनियमितता, रकम हिनामिनाको फेहरिस्त तयारी पारी यो समितिले बचतकर्ताहरुको रकम फिर्ताका लागि दृढ रुपमा अगाडि बढ्ने बताउनु भयो । उहाँले यो समितिले अब तदरुकताका साथ काम गर्ने भएकोले सहकारी संस्थामा अब ढुक्कका साथ रकम जम्मा गर्न बचतकर्ताहरुलाइ आश्वासन दिनुभयो ।
सो अवसरमा बोल्दै संस्थाकी अध्यक्ष झुमादेवी राईले धरान उपमहानगरपालिकाभित्र रहे पनि भौगोलिक अवस्थाले समेत धरान उपमहानगरपालिकाको अत्यन्तै विकट भएकोले समस्यालाई चिर्दै सहकारी संस्थालाई अगाडि बढाउन सकिएको बताउनुभयो । उहाँले कृषको जीवनस्तर उकास्नकै लागि सञ्चालन भएको यो सहकारीको सञ्चालनमा समस्या भएपनि अहिले सबै कुरा सहज बन्दै गएको बताउनुभयो ।
कृषि क्षेत्रमा लागेका कषिकलाई ऋण, मल विउ समेत प्रदान गर्दै आएको यो संस्थाले कृषकको जीवनस्तर उकास्नमा ठूलो योगदान पुर्याएको संस्थाका संस्थापक अध्यक्ष इश्वर लामिछानेले सो अवसरमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा संस्थाले उत्कृष्ट बचतकर्ता, कृषक तथा संस्थामा आवद्ध रहेर सहयोग पुर्याउने महानुभावहरुलाई सम्मान समेत गरेको थियो । धेरै सहकारी संस्थाको अवस्था नाजुक बन्दै संस्थामा आवद्धहरु फरार हुदै आएको अवस्थामा यो संस्थाले भने निरन्तर सञ्चालन गर्दै कृषको जीवनस्तर उकास्नमा ठूलो सहयोग पुर्याएकोप्रति संस्थाका शेयर सदस्य, बचतकर्ता तथा कृषि पेशामा लागेकाहरुले खुशी व्यक्त गरेका थिए ।