राजनिती

नेपाली काँग्रेस पार्टीमा गलत कुराको विरोध गर्न पाईन्छ – देउवा

धरान: नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेस पार्टीमा विरोध गर्न पाईने बताउनुभयो ।

शुक्रबार धरानमा आयोजित नेपाली काङ्ग्रेस धरान उपमहानगर समितिको आयोजनामा गिरिराज आचार्यद्वारा लिखित पुस्तक विमोचन तथा “गिरिराज आचार्य श्रृजनशिल पत्रकारिता पुरस्कार” वितरण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रधानमन्त्री देउवाले हाम्रो पार्टी लोकतान्त्रीक पार्टी रहेकोले बोल्न र विरोध गर्न पाईने कुरा बताउनु भएको हो ।

हाम्रो पार्टी जिवन्त पार्टी हो सबै साथीहरु एकजुट भएर लागे पार्टीले धरानलाई एकदमै राम्रो बनाउन सकिने उहाँले बताउनुभयो साथै धरानको खानेपानी समस्या पनि हटाउन सकिने भएकोले सबै साथीहरु एकजुट भएर लाग्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा सुनसरीका अग्रजनेता, लेखक, साहित्यकार गिरीराज आचार्यद्वारा लिखित “विपि कोइरालाका साहित्यिक विचारहरु” नामक पुस्तक पुर्वप्रधानमन्त्री देउवा, गृहमन्त्री रमेश लेखक,सहमामन्त्री भिस्मा आङदाम्बे, पुर्व मन्त्री प्रकाशसरण महत, केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ,
पुर्वमन्त्री तथा पार्टीको केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की लगायतका नेताहरुले विमोचन गर्नुभएको थियो ।

नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको संस्थापक तथा पार्टीको अग्रज नेता विपि कोइरालाको पुस्तक विमोचन गर्न पाउँदा एकदमै खुशि भएको व्यक्त गर्नुभयो । उक्त पुस्तक आम पार्टीका नेता तथा कार्यकर्ताका लागि मार्गदर्शन बन्ने पूर्वप्रधानमन्त्री देउवाले बताउनुभयो । यो पुस्तक कांग्रेसका लागि मात्र नभई समग्र पार्टी तथा आम मानिसको लागी पनि प्रेरणाको स्रोत हुने गृहमन्त्री लेखकले बताउनुभयो ।

बीपीका साहित्यिक चिन्तनको पुस्तकमा वीपीका असंख्य अन्तवार्ताहरूलाई समेटेर विषय छुट्याइ एकै ठाउँमा दिनु ठुलो मेहनत भएकोले पुस्तक धेरै काम लाग्ने र उपयोगी भएको उल्लेख गर्दै पुर्वमन्त्री तथा केन्द्रीय सदस्य कार्कीले थप सफलताका शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा मान्छे जिवित हुँदा नै पुरस्कार स्थापना गरिएको “गिरिराज आचार्य श्रृजनशिल पत्रकारिता पुरस्कार” वरिष्ठ पत्रकार हर्ष सुब्बा र पत्रकार विनय प्रधानलाई पुर्व प्रधानमन्त्री देउवा लगायतले सम्मानपत्र तथा पत्रकारिता पुरस्कारले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय कोषाध्यक्ष उमेश श्रेष्ठ, सहमहामन्त्री भीष्मराज आङदेम्बे, केन्द्रीय सदस्य तथा गृहमन्त्री रमेश दत्त लेखक, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्र कार्की, मीन विश्वकर्मा, डिला सङ्ग्रौला, लक्ष्मी खतिवडा, राजीव कोइराला, राजीव ढुङ्गाना, प्रदीप सुनुवार, कोशी प्रदेश सभापति उद्धव थापा, प्रदेश महामन्त्री उमेश थापा लगायतको उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

राजनिती

एमालेको समर्थनमा केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । शनिवार प्रदेश प्रमुख समक्ष बहुमत सांसदले प्रत्यक्ष सनाखत गरेपछि कार्की मुख्यमन्त्री
राजनिती

काँग्रेसको आग्रहमा सभामुख र सरकार त्यागेर अहिले धोका भयो : इन्द्र आङ्बो

कोशी प्रदेश सरकार गठनमा काँग्रेसले असहयोग गरेको उनको निष्कर्ष छ । संविधानको धारा १६८ को उपधारा ५ अनुसार काँग्रेस सांसद