धरान: हिबिस्कस इङलिस वोडिड. स्कुलका विद्याथीहरुले आफ्नो खाजा खर्चको रकम जोगाएर पुनस्थापना गृहलाई सहयोग गरेका छन् ।
विद्यार्थीहरुले धरान – १ स्थित छाता चोक अस्पतालको पुर्नस्थापना गृहमा १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।
हिविसकस बाल क्लवकी अध्यक्ष निनाम्मा राईले खाजा खर्चबाट कटौति गर्दा पनि कसैको भोक मेटाउन सकिन्छ भने गरौ भन्ने भावनाबाट सबैले मिलेर सहयोग गरेको बताइन ।
सवैले दैनिक खाजा खर्चबाट थोरै रकम बचाउदा पनि असहायहरुलाई सहयोग गर्न सकेकोमा आफूलाई खुशी लागेको अध्यक्ष राईको भनाई रहेको छ ।
राईका अनुसार क्लवले ५० किलो चामल, एक काटुन पोष्टमेन तेल, दाल, चाउचाउ, सावुन लगायतका सामाग्री गरेर करिव १० हजार वरावरको खाद्यान्न सहयोग गरेको जानकारी दिइन ।
नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले खाजा खर्चबाट वचाएर मानवीय तथा सामाजिक कार्य गरेको प्रति प्रशंसा व्यक्त गर्दै राम्रा कामको अनुशरण जो सुकैले पनि गर्न सकिने बताए ।
बाल क्लवका अध्यक्ष निनाम्मा राईले पुनस्थापना गृहका सञ्चालक भीम राईलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी थिइन ।
आफ्ना स्कुृलका विद्यार्थीहरुले खाजा खर्च बचाएर सामाजिक कार्य गरेकोमा गर्व लागेको स्कुलका निर्देशक गंगाराम राईले बताए ।
गृहका संचालक भीम राईले साना विद्यार्थीहरुको सामाजिकतर्फ भावनात्मक कार्यको प्रशंसा गरेका थिए ।
सामाजिक क्षेत्रका लाग्न प्रेरणा मिलोस भन्ने कामना समेत गरेका थिए । केन्द्रमा वृद्ध वृद्धा बालवालिका र अपाङ्ग गरी ३२ जना रहेको संचालक भीम राईले बताए ।